काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने गतिविधिमाथि केन्द्रीय अनुशासन समितिले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ ।
पार्टीको नाममा आधिकारिक अधिवेशन प्रक्रियाभन्दा बाहिरका गतिविधि भइरहेको भन्दै अनुशासन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर अधिवेशनलाई लक्षित गर्दै समितिले पार्टी हितविपरीत तथा अनुशासन उल्लङ्घन हुने गतिविधिमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको छ ।
अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पदाधिकारी, निर्वाचित प्रतिनिधि, जनप्रतिनिधि तथा क्रियाशील सदस्यसहित सबैलाई पार्टीको नीति, विधान र अनुशासनको सीमाभित्र रहेर गतिविधि गर्न निर्देशन दिएका छन् ।
पार्टीका कतिपय पदाधिकारी, नेता तथा जनप्रतिनिधिहरू नै पार्टीको नाममा हितविपरीतका गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ । त्यस्ता गतिविधिमाथि समितिले गम्भीरतापूर्वक निगरानी गरिरहेको धमलाले बताएका छन् ।
पार्टीको मर्यादा र आधिकारिक प्रक्रियाविपरीतका गतिविधि नरोकिए तत्काल अनुशासनसम्बन्धी कारबाही अघि बढाउने समितिले चेतावनी दिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयनमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । शर्मा बरिष्ठ उपसभापति र भूसाल...
काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापतिमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि केन्द्रीय सदस्य थिइन्। गुरुङ कांग्रेसमा लामो...
काठमाडौँ। दसैं घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ । आज यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो । घटस्थापना २५ असोजमा...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा....
काठमाडौँ। जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको छ। मेडिकल व्यवसायी प्रसाईंलाई विदयुतीय कारोबार सम्बन्धी कसूरमा दुई लाख धरौटीमा छोड्न आदेश भएको जिल्ला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend