Nepal Face
  • आइतबार, २५ असोज २०८३
  • बेत्रावतीमा पुल निर्माण सम्पन्न, सेनाद्वारा सडक आयोजनालाई हस्तान्तरण


    आइतबार, असोज २५ २०८३
    150
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

    सेनाले आइतबार(असोज २५ गते) उक्त पुल सडक आयोजनालाई हस्तान्तरण गरेको हो।

    गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा सेनाले बेत्रावतीमा एक्रो ब्रिज जडान गरेको हो।

    पुल निर्माणका लागि सेनाले कठिन चट्टान फुटाएर करिब ३०० मिटर सडक खण्डमा पहुँच मार्ग निर्माण गरेको थियो। त्यसपछि असोज २० गते सुरु गरिएको पुल जडान कार्य असोज २४ गते सम्पन्न भएको हो।

    निर्माण सम्पन्न पुलको भारवहन क्षमता ४० टन रहेको छ। पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ।

    उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाका आसपासका क्षेत्रका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता पुग्ने विश्वास सेनाले व्यक्त गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार