Nepal Face
  • आइतबार, २५ असोज २०८३
  • उङ्गिलुङ खोलाको बाढीमा परेर १० जना सम्पर्कविहीन


    आइतबार, असोज २५ २०८३
    175
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। चुमनुब्री गाउँपालिका – ६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने ५ जना र धाउनेमा बस्ने तीन घरका ५ जना सम्पर्कविहीन बनेका स्थानीय दिपेश लामाले जानकारी दिए ।

    लामाका अनुसार उङ्गिलुङ खोलामा बिहान ४ बजे सुख्खा पहिरो खसेको थियो । पहिराका कारण खोला केही समय थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । बाढीपछि १० जना सम्पर्कमा नरहेको लामाको भनाई छ ।

    उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुई मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ । बाढीले गोरखाको आरुघाट र धादि ङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बगाएको छ । यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

    बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज समेत बगाएको छ । माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल समेत बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मि गुरुङले बताइन् ।

    नेपाली सेनाले हवाइमार्फत जगत क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार