काठमाडौं । कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र महिला शिक्षिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई कपन बस्ने ३६ बर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान १०ः३४ बजे बुढानीलकण्ठ नगरपालिका–१० स्थित विद्यालय परिसरमा शिक्षकलाई कुटपिट गरिएको सूचनापछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अश्लील तथा अपशब्द प्रयोग गर्दै गालीगलौज, धाकधम्की र अभद्र व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यसैक्रममा घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार गरी कुटपिट गरिएको प्रहरीको भनाइ छ ।
घटनापछि पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई जोडेर केही सञ्चारमाध्यममा प्रकाशित स्वास्थ्य सामग्री तथा उपकरण खरिदसम्बन्धी समाचारप्रति मुख्यमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मुख्यमन्त्री,...
काठमाडौँ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार(असोज २५...
काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार भएको छ। एम आइ सेभेन्टिनसहित ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले ३६ जनाको उद्धार...
काठमाडौँ। चुमनुब्री गाउँपालिका – ६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा...
काठमाडौँ । उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ । बाढीले जलसतहको खतरा तह निकै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend