काठमाडौं । गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठको दबाबमा कक्षा १२ को उत्तरपुस्तिका परीक्षणका बारेमा अध्ययन गर्न कार्यदल गठन भएको ढिलागरी पत्ता लागेको छ ।
अघिल्लो साता सार्वजनिक भएको कक्षा १२ को नतिजाप्रति गृहसचिव राजकुमार श्रेष्ठकी छोरीको असन्तुष्टि रहेको थियो । त्यस विषयलाई लिएर गृह सचिव श्रेष्ठले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्न लगाउन दबाब दिएका थिए ।
सचिवले एकाध ब्यक्तिका लागि परीक्षण गराउन लगाउन नसक्ने भन्दै अटेर गरेपछि श्रेष्ठले गृहमन्त्री सुधन गुरुङमार्फत् शिक्षामन्त्री सस्मित पोखरेललाई पनि दबाब दिन लगाएको पत्ता लागेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सूत्रका अनुसार गृहसचिव श्रेष्ठले आफ्नी छोरीको नतिजालाई लिएर अनावश्यक कार्यदल गठन गर्न लगाएको भन्दै बोर्डभित्र असन्तुष्टि पैदा भएको छ ।
‘शिक्षामन्त्रीले अनावश्यक रूपमा कार्यदल गठन गरे । यसले गर्दा हामीहरूको नतिजा प्रकाशनसम्बन्धी प्रणाली खत्तम रहेको सन्देश गएको छ । यसले हामीलाई राम्रो गरेन’ सूत्रले भने । शिक्षामन्त्रीको आदेशमा तीन सदस्यीय कार्यदल गठन भएको थियो र त्यसले अध्ययन गरिरहेको छ ।
त्यसमा एक जना शिक्षा मन्त्रालयका उपसचिव, अर्का शिक्षा तथा मानव स्रोत विकास केन्द्रका र अर्का पाठ्यक्रम विकास केन्द्रका उपसचिव रहेका छन् ।
गृहसचिव श्रेष्ठ शिक्षा सेवाका कर्मचारी थिए । उपसचिव हुँदा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेपछि उनी प्रशासन सेवातर्फ प्रवेश गरेका थिए । उनी विगतमा जिल्ला शिक्षा अधिकारीसमेत भएका थिए ।
गृहसचिव श्रेष्ठले शिक्षा मन्त्रालयले सहयोग नगर्ने भएमा आफूले राष्ट्रिय अनुसन्धानलाई प्रयोग गरी उत्तरपुस्तिका छानबिन गर्नेसमेत भन्दै हिँडेका थिए । त्यसबीचमा नतिजालाई लिएर विभिन्न राजनीतिक दल आबद्ध विद्यार्थी संगठनले विद्यार्थीहरूलाई माइतीघरमा उतारेर आन्दोलन चर्काइएको थियो । यता यो आन्दोलन र उता गृहसचिवको दबाबले कार्यदल गठन गर्नुपर्ने परिस्थिति सिर्जना भएको थियो ।
कक्षा १२ को नतिजामा प्राविधिक त्रुटि भएको र ग्रेडिङ प्रणालीमा समस्या देखिएको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएपछि पनि शिक्षामन्त्री सस्मित पोखरेल र परीक्षा बोर्डले अस्वीकार गर्दैआएका थिए । तर पछि गृहसचिवको दबाब र आन्दोलनसमेत भएपछि कार्यदल गठन गरिएको थियो ।
यसैबीचमा कक्षा १२ को नतिजामा एनजी ल्याएका १८ हजार दुई सय परीक्षार्थीले रिटोटलिङका लागि आवेदन दिएकोमा तीमध्ये १२७ जनाको नतिजा सुधार भएको पाइएको छ ।
गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आफ्नो छोरीले १२ कक्षामा परीक्षा दिएको स्वीकार गरेका छन् । तर उत्तरपुस्तिका पुुनर्योग गर्न दबाब दिएको कुरा भने अस्वीकार गरेका छन् । उनले भने–‘मैले कसरी दबाब दिन मिल्छ ? बिद्यार्थी आन्दोलन भएपछि कार्यदल गठन भएको हो । मसँग शिक्षामन्त्रीको फोन नम्बर त छैन कसरी दबाब दिनु ?’ गृहमन्त्री सुधन गुरुङमार्फत् दबाब दिनुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नमा सबै गलत भएको बताए ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend