Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआईजीलाई दाइ भन्दै केरा तस्करसँग घुमुवाको हातेमालो


    बिहिबार, जेष्ठ २८ २०८३
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल केरामा आत्मनिर्भर बनेपछि गत असोजदेखि आयातमा प्रतिबन्ध लगाइएको छ । भारतबाट हुने केरा तस्करीमा प्रतिबन्ध लगाएपछि तस्करीको माध्यमबाट शंकर साहले ट्रकका ट्रक भित्र्याउने गरेका थिए । वर्तमान सरकार गठनको केही समयसम्म केरा तस्करीमा कमी आए पनि अहिले पुनः सुरु भएको छ ।

    सोमबार(जेठ २५ गते) मात्र तुल्सीपुर दाङ, जिल्ला प्रशासन कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दियाको मधुबन नगरपालिका वडा नं ८ सानोश्री बजारस्थित सडक बाटोमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको २५ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको केरा बरामद गरेको छ । स्रोतका अनुसार प्रदेशको घुमुवा टोलीसँग सेटिङ गरेर तस्करी गरिएको केरा जिल्लाको टोलीले बरामद गरेको हो ।

    भे १ च ३५८० नं. को अशोक लेल्याण्डको पिकअप भ्यान, भे १ च ९१५९ नं को बोलेरो पिकअप भ्यान र भे १२ प ९९२१ नं. को पल्सर मोटरसाइकलमा ल्याउँदै गरेको काचो केरा १०८ बोरा प्रहरीले बरामद गरेको जनाइएको छ । तस्करीको केरासँगै भारत बहराईच जिल्ला आमाबर्दियाका कलिम खाने रिजवान अन्सारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । केरासहति दुई ठाउँबाट भन्सार छलेर ल्याइएका साढे ४४ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको थियो ।

    भारतबाट ठूलो मात्रामा केरा तस्करी गरी नेपाल भित्र्याउने शंकर साह हुन् । प्रहरी र सशस्त्रका स्थानीय युनिटसँग सेटिङ मिलाउँदै उनले भारतीय केरा तस्करी गर्दै काठमाडौं भित्र्याउने गरेका छन् ।

    लुम्बिनीका रुपन्देही, कपिलबस्तु र बाँकेबाट तस्करी गर्दा सबैको दृष्टि पर्ने भएकाले ब्यापारीले बर्दियाको रुट प्रयोग गरी केरा तस्करी गर्न थालेका थिए । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएका घुमुवा बरिष्ठ सई नारायण शर्मासँग कनेक्सन मिलाएर ब्यापारीले बर्दियाबाट केरा भित्र्याएका थिए । तर केरा तस्करीको नयाँ रुट पनि तुल्सीपुर र बर्दियाको टोलीले थाहा पाएर बरामद गरेका छन् । बाँकेमा ६ बर्ष घुमुवा बसेका बरिष्ठ सई शर्माले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीलाई दाइ भनेर सम्बोधन गर्ने गर्दछन् ।

    लुम्बिनीको आकर्षक नै मानिने कपिलवस्तुको बहादुरगंजमा पनि शर्मा पनि बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार