भक्तपुर । भक्तपुरको राधेराधेमा केही बर्षदेखि सार्वजनिक जग्गा मिचेर त्यसमा पनि हनुमन्ते पुल नै जोखिममा पारेर एक ट्रायल सेन्टर संचालन हुँदैआएको छ । तर सरकारी निकाय भने थाहा नपाएझैं गरी चुप लागेर बसेका छन् ।
२०८१ सालमा राष्ट्रिय सतर्कता केन्द्रले गठन गरेको उच्च प्रहरी कर्मचारीसहित एक प्राविधिक टोलीले राधेराधेस्थित इजीवे ट्रायल सेन्टरले तीनकुने-सूर्यबिनायक खण्ड (६ लेन सडक) अन्तर्गत हनुमन्ते पुलमुनिको छेउपट्टिको एक भाग नै गायब गरी सावैजनिक जग्गा अतिक्रमण गरेको रिपोर्ट तयार गरेको थियो ।
उक्त रिपोर्ट अहिले पनि केन्द्रमा सुरक्षित छ । त्यो सडक भएर हिंड्ने जो कोहीले पनि इजीवे ट्रायल सेन्टरले सार्वजनिक जग्गा मिचेको प्रष्ट्रसँग देख्न सकिन्छ । किनभने त्यस ठाउँमा सर्भिस लेनमा हिंड्ने बाटो नै छैन । बाटो पूरै कब्जा गरिएको छ ।
टोलीले रिपोर्ट बुझाएपछि केन्द्रका तत्कालीन सचिव रामआधार साहले इजीवेले मिचेको जग्गा खाली गराउन प्रयास गरेका थिए । तर राम आधारलाई इजीवेका संचालक निर्भयबाबु प्रसाईंले घुस आकर्षक घुस दिएर जग्गा गराउने निर्णय कार्यान्वयन हुनबाट रोकेका थिए । घुसको कारोबार करिब १० लाख नै भएको चर्चा त्यतिबेला सतर्कता केन्द्रमा चलेको थियो ।
गुणस्तर तथा नापतौल बिभागको निमित्त महानिर्देशक हुँदादेखि नै काण्डैकाण्ड लागेका रामआधारले त्यो प्रतिवेदन कार्यान्वयन हुन दिएनन् । तर वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले त्यो प्रतिवेदन खोजेर त्यो ट्रायल सेन्टरको जग्गा खाली गराउन सक्छ । यो विषयमा केन्द्रका माथिल्ला तह कर्मचारीहरु प्रष्ट्रसँग जानकार छन् । यस प्रकरणमा मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ पनि मुछिएका छन् । किनभने इजीवेले सार्वजनिक जग्गा मिचेको रिपोर्ट मध्यपुर ठिमी नगरपालिकामा पनि पुगेको छ । यसबारेमा नगपाालिकामा दुई तीन पटक उजुरी परेको छ ।
मेयर श्रेष्ठले अतिक्रमण भएको सार्वजनिक जग्गा खुलाउनतीर प्रयास गरेनन् । उल्टै अतिक्रमणकारीसँग साँगगाँठ गरे । निर्भयसँग श्रेष्ठको बेला बेलामा उठबस हुन गरेको छ । त्यसअघि रामआधारले एउटा टोली बनाई इजी वेले सार्वजनिक जग्गा मिचेको, नमिचेको विषयमा जाँच गर्न पठाएका थिए ।
प्राविधिक टोलीले त्यस ठाउँमा सार्वजनिक जग्गा मिचेको मात्र रिपोर्ट दिएन, इजीवेले हनुमन्ते पुललाई समेत जोखिममा पारेर ट्रायल सेन्टर संचालन गरिरहेको, पुलको छेउको फुटपाथ समेत गायब पारेको रिपोर्ट बुझाएको थियो । उक्त रिपोर्ट हात परेपछि रामआधारलाई इजी वेका सचालकसँग बार्गेनिङ गर्न थप सजिलो भएको थियो । त्यसपछि उनले आफैं निर्भयसँग भेट गरेका थिए । त्यसपछि उक्त रिपोर्टलाई रामआधारले थन्क्याएर राखेका थिए ।
यातायात व्यवस्था विभागले बनाएको निर्देशिका तथा कार्यविधि मिचेर इजीवेले ट्रायल सेन्टर संचालन गरेको उजुरी परेपछि रामआधारले त्यस विषयमा जाँच गर्न लगाएका थिए । केन्द्रले गरेको अध्ययन रिपोर्टमा त्यस ट्रायल सेन्टरले कार्यविधि मिचेर ट्रायल सेन्टर संचालन गरेको त पुष्टि भयो नै । त्यसबाहेक सार्वजनिक जग्गा नै मिचेको पत्ता लाग्यो । त्यसपछि रामाधारले त्यसबारेमा छानबिन गर्न २०८१ जेठमा अर्को टोली गठन गरेका थिए । त्यस टोलीमा केन्द्रका प्राविधिक तथा उच्च तहका प्रहरी कर्मचारी संलग्न गराइएका थिए । त्यस टोलीमा संलग्न कर्मचारीहरु अहिले पनि केन्द्रमै कार्यरत छन् ।
यतिबेला केन्द्रमा नेतृत्व फेरिएको छ । सरकारको नेतृत्व पनि फेरिएको छ । नयाँ सरकारले अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न अभियान नै सुरु गरेको छ । अब नयाँ सरकारको आखाँ हनुमन्ते खोला नै जोखिम पारेर गरिएको सार्वजनिक जग्गा अतिक्रमणको विषयमा पर्छृ कि पर्देन ? सबैको चासो छ ।
पक्राउपछि रिहाइ हुन शक्तिकेन्द्रमा दौडधुप
यसबीच, नक्कली परीक्षाथीलाई ट्रायल पास गराउन बिचौलियाको भूमिका निभाएको आरोपमा उक्त ट्रायल सेन्टरका संचालक प्रसाईलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले म्याद समेत थप गरिसकेको छ । तर रिहाइ हुन प्रसाईका परिवारका सदस्य तथा प्रसाईंनिकट व्यक्तिहरु अहिले उच्च पहुँचवाला विभिन्न क्षेत्रका व्यक्तिहरुसँग हारगुहार गरिरहेको बुझिएको छ ।
इजीवे विवादमा आउनुको कारण भने उक्त ट्रायल सेन्टरका संचालक जोन भन्ने प्रसाईं र दीपेन्द्र खड्गी हुन् । उनीहरु खुलेआम अख्तियारको नाममा समेत असुलीमा ब्यस्त छन् । समाज डेन्टल हस्पिटलसँग लिजमा लिएको जग्गाको लिज अवधि समेत समाप्त भइसक्दा पनि ट्रायल सेन्टर हटाउन आनाकानी गरिरहेका छन् भने अर्कोतिर यातायात कार्यालयले सम्झौताको नयाँ पत्र माग्दा अख्तियारमा पहुँच छ भन्दै उल्टै तर्साइरहेका छन् ।
लिज सम्झौता नवीकरण सकिएको जग्गामा जबर्जस्ती ट्रायल सेन्टर रहेको र यातायात कार्यालय राधेराधेले सम्झौतापत्र मागिसकेको अवस्थामा समेत ट्रायल सेन्टर कायम राख्नुलाई आर्थिक चलखेललाई नै आधार मानिएको छ । अर्कातिर प्रसाईले राधेराधेको हनुमन्ते खोलाको पुलको जग्गासमेत अतिक्रमण गरेको आरोप छ ।
विगतमा प्रसाईंको इजीवे ट्रायल सेन्टरमा यातायात कार्यालय भक्तपुर राधेराधेका छैटौं तहका कर्मचारी जीवनकुमार बस्नेत र कार्यालय प्रमुख डन्डबहादुर बस्नेतसँग मिलेर बिदेशमा भएका नेपालीको समेत ट्रायल परीक्षा गराउँदैआएका थिए ।
नक्कली परीक्षार्थी सहभागी गराएर उनले विदेशमा रहेकाको समेत ट्रायल पास गराउने गरेको आरोप छ । ईजीवे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य व्यक्तिहरुको परीक्षा दिने ५ जनालाई २०७९ भदौमा भक्तपुर प्रहरीले पक्राउ गरेको थियो । यो एक प्रतिनिधि उदाहरणमात्र हो, ईजीवेले यातायात कार्यालय राधेराधेका हाकिमसँग मिलेर लाइसेन्समा घुसको सेटिङ हरेक दिनजसो गर्दैआएको छ ।
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा...
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend