Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु


    सोमबार, मंसिर १ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ ।

    ‎आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ गएका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको हो। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएको बताइएको छ।

    ‎स्थानीय दिलीप चौधरीका अनुसार जंगल छेउमा पुगेका बेला हात्ती कराउन थालेपछि चौधरीले पनि हात्तीले जस्तै आवाज निकाल्दै जोडले कराएका थिए। त्यसपछि हात्तीले उनलाई लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।‎

    ‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार