काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति(भीसी) डा. विवेक आचार्य बालेन सरकारको सुशासन नीतिबिपरीत अस्पताल डुवाएर कमाउधन्दामा लागेका छन् ।
उनी अस्पताल सुधार, सेवा बिस्तार, आकस्मिक कक्ष बिस्तार, बिग्रिएका उपकरण मर्मत, सहज सेवा दिनेपट्टि भन्दा कमिसन संकलनतिर बढी केन्द्रित भएको आरोप लागेको छ ।
अस्पतालको सुधारमा भन्दा भीसी आचार्यको अर्जुनदृष्टि अस्पतालमा आफन्त र निकटस्थहरुलाई सप्लाईको काम कोटेशनमा दिएर लाभ लिनेतिर बढी केन्द्रित भएको आरोप लागेको छ । अस्पतालमा दैनिकजसो भीसीका आफन्तका कम्पनीबाट गैरकानुनी तवरले महंगोमा कोटेशनमा सामान मगाई थन्क्याउने काम हुँदैआएको छ । स्रोतका अनुसार भीसी आचार्यले गएको दशैंमा सयौं स्वास्थ्यकर्मी र कर्मचारीले बिगतदेखि खाइपाई आएको चार्डवार्ड खर्च काटेर अस्पतालमा विवादास्पद व्यापारीलाई करोडौं भुक्तानी दिएका छन् । स्रोतका अनुसार ती ब्यापारीले हिमालयन जाभा कफीसपमा भेटी भीसी आचार्यसँग सेटिङ मिलाएका हुन् ।
अस्पतालको फार्मेसीमा बिरामीलाई चाहिने अत्यावश्यक ९५ प्रतिशत मेडिसिन र सर्जिकल सामान छैन । खरिद गर्न जाँदा पाइँदैन । अस्पताल फार्मेसीमा मेडिसिन र सर्जिकल समान नराखी उनले अस्पताल बाहिरका निजी फार्मेसीसँग मासिक नजराना बुझ्ने गरेको आरोप छ । त्यही भएर उनले अस्पताल फार्मेसी वार्डको टेण्डर निकाल्दैनन् ।
क्यान्सर वार्ड सेवा बिस्तार र भएको गामा सिटी उपकरण सञ्चालनमा नल्याई थन्क्याएर राखेका छन् । कारण उनको ठूलो लगानीमा ललितपुरमा निजी क्यान्सर अस्पताल छ । वीर अस्पतालमा केमो दिने बिरामी अस्पतालमा पालो नपाएर छट्पटीमा छन्, तर भीसी आचार्यले बिरामीलाई आफ्नो निजी अस्पतालमा जान सिफारिस गर्ने गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय सतर्कता केन्द्रसहितका निकायमा उजुरी नै परेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का भीसी आचार्यले नै नेपाल सरकारले दिएको रु. १६ करोड बराबरको गामा सिटी उपकरण बहाना बनाएर सञ्चालनमा ल्याएका छैनन् । किनकि उनको समेत लगानीमा निजी गामा इमेजिङ सेन्टर महाराजगन्जमा रहेको छ । उनी अस्पतालमा विगत लामो समयदेखि पेन्डिङमा रहेको विवादास्पद २० करोड रुपैयाँको भुक्तानी दिन निकै जोडबलका साथ लागेका छन् ।
भीसी आचार्यको दबाबका बाबजुद पनि भुक्तानी प्रकियामा असहयोग गर्ने कर्मचारीलाई मेडिकल माफियामार्फत् सरुवा गराइएको छ । खरिद र प्रशासन शाखाले उल्टै व्यापारीसँग जरिवाना लिनुपर्छ भनेर टिप्पणी उठाएकोमा भीसी आचार्यले २० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने अडान लिएका छन् ।
टिप्पणी उठाउनेले असहयोग गरेकाले उनले उनीहरुको वीर अस्पतालबाटै सरुवा गराइदिएका छन् । मेडिकल माफियासँग कतिसम्म सेटिङ छ भने वीर अस्पतालमा हाजिर भएको ६ महिना पनि नपुगेको कर्मचारीलाई उनले भने अनुसार गैरकानुनी नियुक्तिमा टिप्पणी नउठाएको, आफ्नालाई कोटेशनमा सहयोग नगरेको, विवादास्पद भुक्तानी नदिएका कारण सरुवा गराएका छन् ।
भीसी आचार्यले जागिर अवधि ६ महिनामात्र बाँकी भएका, अवकाशको मुखमा रहेका कर्मचारीलाई पुरानो विवादित ५७ करोड भुक्तानी दिन महालेखा नियन्त्रक कार्यालय धाएरै ल्याएका छन् । उनी त्यसका लागि हप्तौं महालेखा नियन्त्रक कार्यालय धाएका थिए । अस्पतालको खरिदका एक कर्मचारी भन्छन्–‘उनको लहलहैमा लागेर काम गर्ने हो भने ३ महिनैमा अख्तियारले जाक्छ ।’
लेखाका कर्मचारी भन्छन्–‘जुन जुन विवादास्पद भुक्तानी छ सोही भुक्तानी दिन दबाब दिन्छन् । फाइल टिप्पणी नउठाए सरुवा गरिदिन्छु भन्छन् । मेडिकल ब्यापारीमार्फत् थर्काउँछन् । ब्यापारीसँग प्रधानमन्त्री कार्यालय र स्वास्थ्यमन्त्रीलाई कमिसन दिनुपर्छ भन्दै ३० प्रतिशत रकम उठाउँछन् । भीसी आचार्यले भनेको माने तुरुन्तै अख्तियारमा धाउनेमात्र होइन, मुद्दा नै खेप्नुपर्छ । के गर्ने बरु सरुवा लिएर अन्तै जानुपर्छ जस्तो छ ।’
भीसी विवेकले दशैंअगाडि विनादरवन्दी १९ जनालाई नियुक्ति दिन प्रशासनमा टिप्पणी उठाउनू भनेका थिए । प्रशासन प्रमुखले नमानेपछि उनले ती उपसचिवको पनि सरुवा गराइदिएका छन् । प्रतिब्यक्ति दररेट लिएर नियुक्ति गर्न दबाब दिएको उजुरी केन्द्रमा परेको छ ।

अस्पताल स्टोर, खरिद, लेखा, प्रशासनका कर्मचारी भन्छन्–वर्तमान भीसी आचार्य जस्ता अर्थमोह भएको पदाधिकारी कोही थिएन । यस्तै हो भने भीसीका कारण अख्तियारले छानबिन गर्नसक्छ । उनी विभागीय प्रमुख हुँदा पनि आर्थिक मामिलामा कमजोर रहेको, औषधि लेख्दा होस् वा आफ्नो निजी अस्पतालमा बिरामी पठाउँदा एवं पुरानो गामा मेसिन डिस्पोजल गराउँदा वा १ करोडको बंकर ६ करोडमा बनाउँदा सबैमा ब्यापक गडबडी गरेका छन् । अख्तियारले यी फाइल छानबिन गर्ने हो भने उनीमाथि सिधै मुद्दा दायर गर्नसक्छ । प्रधानमन्त्री कार्यालयले यी फाइल मगाएर अध्ययन गर्ने भएको छ ।
गत बर्ष अस्पतालमा डाक्टर, नर्स अप्रेसन थिएटरका कर्मचारी, Icu, word, Er सबै ठाउँबाट गुणस्तरहीन भनी फिर्ता गरिएका RG .Reylen brand को Surures,chiran brand को Iv set ,Iv cannula, Foleyes, uro bag, adk लगायत समान भीसीले सेटिङमा पुनः लिने प्रक्रियामा रहेको उजुरीमा उल्लेख छ । उक्त गुणस्तरहीन सामान लिन उनले दबाब दिइरहेका छन् । उनले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्री, मन्त्रीका प्रमुख सल्लाहकारलाई रकम बुझाउनुपर्ने भन्दै ब्यापारीसँग लाजिम्पाटको एक क्लवमा डिल गरेको आरोप छ ।
व्यापारीलाई कर्मचारीले असहयोग गर्दैमा केही हुँदैन, अख्तियारको स्वास्थ्य हेर्ने शाखमा आफ्ना विश्वासिला रहेका र पिएम सचिवालयमा आफ्नो टिममा मान्छे छन् भन्दै विवादास्पद फाइलको भुक्तानी सज्जन स्वभावका रजिस्ट्रारलाई साइन गर्ने लगाछन् । भीसी आचार्यले वीर अस्पतालको बिस्तारित दुवाकोट परियोजनाको डीपीआरको जिम्मा समेत आफ्नै नातेदारको कन्सल्टेन्टीलाई दिन लागेको उजुरीमा उल्लेख छ ।
भीसी डा. आचार्यले स्वास्थ्य सामग्री आपूर्तिकर्ता ब्यापारीहरुसँग अनामनगर, लाजिम्पाटतिर बसी उनीहरुकै सामान खरिद गर्न मिल्नेगरी स्पेसिफिकेसन तयार गर्ने गरेको उजुरीमा उल्लेख छ । अस्पतालमा जताततै भ्रष्टाचार भएको र स्पेक बनाउँदासमेत निश्चित ब्यापारीको कम्पनाीको उत्पादनसँग मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाउने गरेपछि कर्मचारीको समूहले अख्तियार, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, सर्तकता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा प्रमाणसहित उजुरी दिएको तथ्य नेपालफेसलाई प्राप्त भएको छ ।
भीसी आचार्यबिरुद्ध केही समय पहिले नै गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जन गरी बिभिन्न ठाउँमा लगानी गरेको भन्दै उजुरी परेको छ । उनका लगानी रहेका कम्पनीको विवरसहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा उजुरी परी छानबिन भइरहेको उल्लेख छ । सुशासनको नारा जप्ने बालेन सरकार र स्वास्थ्य मन्त्री निशा मेहता भीसी डा. विवेकले खुलमखुला उनीहरुकै नाममा कमिसन उठाउँदै बिरामी र कर्मचारीमाथि अन्याय गर्दा पनि किन देख्दैन सिंहदरबार भन्ने प्रश्न अस्पतालकै कर्मचारीले गर्न थालेका छन् ।
वीरमा उपकुलपति, निजी अस्पतालदेखि गामा सेन्टरमा लगानी
आफ्नो र श्रीमतीको नाममा बिभिन्न अस्पताल र गामा सेन्टर जस्ता धेरै ठाउँमा लगानी गरेका आचार्यले वीर अस्पतालको भन्दा पनि आफ्ना कम्पनीको ब्यापार बढाउन तल्लीन भएको उजुरी अख्तियारमा दर्ता भएको छ । उनको लगानी भएका कम्पनीहरुको विवरणसमेत उजुरीमा उल्लेख छ ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ मा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले स्वास्थ्य क्लिनिक वा अस्पताल वा नर्सिङ होम खोल्न तथा सञ्चालन गर्न नपाउने व्यवस्था छ । तर यो कानुनी ब्यवस्थाविपरीत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति डा. विवेक आचार्यले बिभिन्न अस्पताल र स्वास्थ्य संस्थामा लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उल्लेख छ ।
निजामती सेवा नियमावली, २०५० को नियम १७७ विपरीत तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ मा गैरकानुनी व्यापार गरेको आरोप भीसी आचार्यमाथि लागेको छ । र, उनीमाथि छानबिन गर्न माग गरिएको छ ।
उजुरीमा उल्लेख छ–भीसी आचार्यको नाममा गामा इमेजिङ एण्ड रिसर्च सेन्टर प्रालिमा १० हजार कित्ता संस्थापक सेयर रहेको छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च प्रा. लि. ललितपुरमा १५ हजार कित्ता सेयर रहेको छ । उनको नाममा संस्थापक शेयर २५७३२७५ २५८८२७४ सम्म रहेको छ ।
थ्री सी नेपाल एभरेस्ट कम्प्रिहेन्सिभ क्यान्सर केयर प्रा. लि.मा ५ हजार कित्ता सेयर रहेको छ ।
अजिमा होल्डिङ प्राइभेट लिमिटेडमा ७ हजार ५ सय कित्ता सेयर रहेको छ ।
न्याम्सका उपकुलपति डा. विवेक आचार्यसँग समाचारका बारेमा प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन । सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौं। सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा...
सर्लाही । सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका केही अधिकारीमाथि नै तस्करसँग आर्थिक लेनदेन गरी अवैध कारोबारलाई...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटाएर २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ। सोमबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend