बायाँबाट अन्तिममा ऊर्जामन्त्रीका स्वकीय सचिव श्रीश पाण्डे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।
जलवायुसम्बन्धी ज पनि थाहा नभएकाहरु पनि कोपमा सहभागी हुन टर्कीए गएका छन् । वालेन्द्र शाह सरकारका मन्त्रीका सल्लाहकार, स्वकीय सचिवहरुसमेत मन्त्रालय मातहतका निकायलाई हवाई टिकटदेखि पकेट खर्च ब्यहोर्न लगाएर कोपमा गएको तथ्य खुलेको छ ।

यसैक्रममा जलवायुबारे कुनै अनुभव नभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका स्वकीय सचिव श्रीश पाण्डे पनि कोप–३१ मा सहभागी हुन टर्किए पुगेका छन् । उनको जलवायु वार्ता वा यस क्षेत्रमा कुनै अनुभव छैन, तर पनि आफूलाई ‘प्राविधिक सल्लाहकार’ भनेर सहभागी भएका छन् । स्वकीय सचिव पाण्डेलाई प्राविधिक सल्लाहकारको रूपमा पठाउनु नै गलत भएको ऊर्जा मन्त्रालयकै एक अधिकारी बताउँछन् ।
पाण्डेको हवाई टिकटको खर्च वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (AEPC) ले ब्यहोरेको ऊर्जा मन्त्रालय सम्बद्ध स्रोत बताउँछ । वार्तामा कुनै भूमिका नभएका व्यक्तिको खर्च सरकारी निकायले ब्यहोर्नु पनि भ्रष्टाचार नै भएको मन्त्रालयका अधिकारी बताउँछन् ।
यो सार्वजनिक स्रोतको दुरुपयोग र भ्रष्टाचारकै एउटा रूप हो । जेनजी आन्दोलन यस्तै बेथितिविरुद्ध भएको थियो । के त्यो आन्दोलन यसैका लागि भएको हो ? के जलवायु वार्ताको नाममा आफ्ना मान्छेलाई टर्किए घुम्न पठाइएको हो ? यी यावत प्रश्न उठेका छन् ।
काठमाडौं । एनआईसी एशिया बैंक संकटतर्फ उन्मुख भएको समाचार नेपालफेस डटकमले २०८३ असोज ४ मा प्रकाशित गरेको थियो । जुन समाचारको बैंकले खण्डन गर्ने...
उपरोक्त विषयमा नेपाल फेस डटकम अनलाइन पोर्टलमा मिति २०८३ कात्तिक २३ गते सोमबार ‘सशस्त्र प्रहरी महिला संघको तीन दिने देउसीभैलो, बीओपीदेखि गुल्म र गणपतिलाई...
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति(भीसी) डा. विवेक आचार्य बालेन सरकारको सुशासन नीतिबिपरीत अस्पताल डुवाएर कमाउधन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौं। सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend