Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • धनुषामा छठघाट कुरेर बसेका वृद्धको शङ्कास्पद मृत्यु 


    सोमबार, मंसिर १ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका हुन् ।

    प्रहरीका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शङ्कास्पद मृत्यु भएको छ । यादवको गालामा चोटको निशान र रगत देखिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार