Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • सोमबार सुनको भाउ ११ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    सोमबार, मंसिर १ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको हो ।

    यो सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो । तिहारयता सुनको मूल्य १५ हजार २ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको मूल्य आज तोलामा ८० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ५२० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार