Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • दुर्गा प्रसाईलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टरप्लान’ : को को हुन् आरोपित ?


    आइतबार, जेष्ठ १३ २०८१
    2.9K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र युवासंघ नेपालका इन्चार्ज महेश बस्नेत, नवीन बस्नेत, जोन भन्ने निर्भयबाबु प्रसाई मिलेर आफूलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् ।

    शनिबार पत्रकार सम्मलेन नै गरेर प्रसाईले एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलोमतोमा आफूविरुद्ध उकासेर भिडियो बनाउन लगाएर फसाउन खोजिएको दाबी गरेका छन् ।

    आफूविरुद्ध सिंगो एमाले लागेको आरोप लगाउँदै प्रसाईले युवा संघका इन्चार्ज बस्नेत मुछिएको यौन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडियो बनाउन लगाएको रहस्य खोलेका छन् ।
    ब्यवसायी प्रसाईले पत्रकार सम्मेलनमा भने–‘म मंसिर सात गते आन्दोलन गरिसकेपछि आफ्नो बाटोमा हिँडेको थिएँ । तर, बीचमा महेश बस्नेत, केपी ओली र एमालेको डिजाइनमा ठूलो षड्यन्त्र बनाएका रहेछन् । ‘दुर्गा पाठकलाई बस्नेतका कार्यकर्ताले पीडितलाई मारे भने दुर्गा प्रसाईं र सरकारले जिम्मेवारी लिनुपर्छ भनेर भिडियो खिचेको रहेछ । यो गर्न खोजेको के हो ?’

    महेश बस्नेत र नवीन बस्नेतहरुबाट असुरक्षित पाठकलाई अब सुरक्षा आफूले दिने घोषणा गरेका प्रसाईंले एमाले नेतृत्वलाई आफूसँग नठोकिन चेतावनी दिएका छन् ।
    प्रसाईले भिडियो पाएपछि आईजीपी बसन्तबहादुर कुँवरलाई समेत पठाएको बताउँदै उनले ओलीलाई कार्यकर्तालाई सम्झाउन सुझाव दिए । नभए ओली, महेश बस्नेत, निर्भयबाबु प्रसाई, बब्लु गुप्ताविरुद्ध मुद्दा हाल्ने चेतावनी पनि दिएका छन् ।

    यस्तै, पीडित भनिएकी युवा संघ नेपालकी केन्द्रीय सदस्य दुर्गा पाठकले आफूलाई महेश बस्नेतले शोषण गरेको दाबी गर्दै पछिल्लो समय बस्नेत र उनको सम्बन्ध बाहिर आएपछि प्रसाईंलाई फसाउन आफूलाई धम्क्याएर बस्नेतका मान्छेले भिडियो बनाएको र त्यसकै आधारमा व्याकमेल गरेको खुलासा गरेकी छन् ।

    ‘म यहाँ आज आउनुको कारण भनेको दुर्गा दाई नफसून् भनेर नै हो । म आफैँ संवेदनशील अवस्थामा छु र यिनीहरु सबै मिलेर मलाई मार्न खोजिरहेका छन्’ पाठकले भनिन् ‘केही समय अगाडि महेश बस्नेत र नवीन बस्नेत मिलेर पेप्सिकोलाको कोरिडोरमा एउटा डिपार्टमेन्ट स्टोर छ त्यहाँ बोलाएर मलाई चिट लेखेर दिए र मलाई बोल्न लगाएर भिडियो बनाए ।  महेश बस्नेतसँगको सम्बन्ध मेरो केही पनि होइन, यो सबै फोटोहरू एआईबाट बनाइएको हो र म मरे भनेँ दुर्गा प्रसाईं र नेपाल सरकारले जिम्मा लिनुपर्नेछ भनेर बोल्न लगाइयो । आफूलाई मार्छन् भन्ने डरले बाध्य भएर भिडियोमा मैले बोलेको हो ।’

    पाठकले बब्लु गुप्ता भन्ने व्यक्तिले भिडियो बनाएको दाबी गरेकी छन् । पछिल्लो समय मिडियामा पनि गएकी उनी प्रहरीले आफूलाई बस्नेतको पावरकै कारण सहयोग नगरेको बताएकी थिइन् ।
    पाठकले आरोप लगाएका पात्रहरु नवीन बस्नेत र जोन भन्ने निर्भयबाबु प्रसाई महेश बस्नेतका ब्यापारीक साझेदार हुन् । महेश बस्नेतले उनीहरुमार्फत् जग्गादेखि ट्रायल सेन्टरमा लगानी गरेका छन् । भक्तपुरको राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टर प्रालिका संचालक आवरणमा जोन भए पनि त्यसको वास्तविक संचालक महेश बस्नेत हुन् ।

    भक्तपुर यातायात कार्यालय जगाते हुँदै हाल राधेराधेमा छ । उक्त कार्यालयमा सवारी अनुमतिपत्रका लागि हजारौंले निवेदन दिंदा पनि ट्रायल सेन्टर एउटामात्र भएकाले बर्ष दिनसम्म पालो कुर्ने बाध्यता रहेको थियो । यातायात कार्यालयका हाकिम जो आए पनि महेश बस्नेतको त्रासका कारण अर्को ट्रायल सेन्टर थप गरी सेवाग्राहीलाई सवारी अनुमतिपत्र छिटोछरितो दिन हच्किदैआएका थिए ।

    इजीवे ट्रायल सेन्टरबाट अष्ट्रृलिया, क्यानडा भएका ब्यक्तिका नाममा नक्कली चालक खडा गरी लाइसेन्सको ट्रायल दिने गरेका धेरै वटा घटना सार्वजनिक हुँदा पनि यातायात कार्यालय भक्तपुरले उक्त ट्रायल सेन्टरमै ट्रायल गराउँदैआएको छ । उक्त ट्रायल सेन्टरका संचालक निर्भयबाबु प्रसाईकै नाममा महेश बस्नेतले मनोकामना अपार्टमेन्टमा फ्ल्याट लिएका र पाठक त्यहीँ बस्ने गरेकी थिइन् ।
    राष्ट्रिय सतर्कता केन्द्रले हालै इजी वे ट्रायल सेन्टर प्रा.लि.सहितका ट्रायल सेन्टरहरुको स्थलगत छानबिन गरेको थियो । केन्द्रले गरेको स्थलगत छानबिनको क्रममा इजी वे सहितका ट्रायल सेन्टर सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार नभएको पाइएको थियो । पटक पटक नक्कली परीक्षार्थीलाई ट्रायल गराउँदा गराउँदै प्रहरीले पक्राउ गरेको भए पनि उक्त ट्रायल सेन्टर कारबाहीबाट बच्दैआएको छ । उक्त ट्रायल सेन्टरले सरकारी जग्गा समेत अतिक्रमण गरेको छ ।

    त्यसैगरी, पीडित दुर्गा पाठकलाई डिपार्टमेन्टल स्टोरमा बोलाई धम्क्याएर कागजमा लेखिएको कुरा पढ्न लगाई भिडियो खिच्न लगाउने नवीन बस्नेत त महेश बस्नेतका जग्गादेखि विभिन्न ठूला ठेक्कामा सेटिङ गर्ने पात्र हुन् । दोलखाका बस्नेत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अरबौंका ठेक्का मिलाउने र सेटिङ गर्ने पात्र ह्ुन् । उनी प्रत्यक्ष देखिएका निर्माण कम्पनी नभए पनि क्षमादेवी र आशिष निर्माण सेवाको नाममा उनले ठेक्का लिने गरेका छन् । तत्कालीन स्वास्थ्य मन्त्री तथा जसपा नेता डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरिंदा त्यो टोलीमा महेश बस्नेत, किसान श्रेष्ठ, सर्वेन्द्र खनालको टोलीमा नवीन बस्नेत पनि थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार