Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • धनगढीबाट काठमाडौं आउँदै गरेको बस कावासोतीमा दुर्घटना, २५ जना घाइते


    सोमबार, मंसिर १ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

    आइतबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु।प्र।०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका २५ जनाकै अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।

    प्रहरीका अनुसार घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार