सन्तोष चिमरिया
ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ मुसुक्क हाँस्थे र ‘मैले बुझेँ’ भन्थे ।
उनी पनि घडी र पलहरूको मिहीन हिसाबकिताब गरेर कार्यारम्भ गर्थे । कुनै निश्चित दिनलाई शुभ र कुनैलाई अशुभ मान्थे । त्यसैले उनका ज्योतिषहरूले सबै ग्रह र नक्षत्रहरूसँग सघन वार्ता र छलफल गरेपछि १८ र १९ को अंक शुभ र शुक्रबारको दिन शुभ भनेर आफ्ना महाराजाधिराजका निम्ति किटानी गरेका थिए । साइत अनुसार राजाले असोज १८ र माघ १९ गते शुक्रबार पारेर देश बनाउने जिम्मा आफ्नो हातमा लिए ।
लिएको सत्ता जोगाउनका निम्ति, ज्योतिषका सल्लाह मानेर उल्का र उटपट्याङ पनि गरे । जस्तो कि परेवा, राँगो आदिको पञ्चबली दिए । पाँच जीव बली दिनुलाई पञ्चबली भनिँदोरहेछ । राजाले पनि ज्योतिषको सल्लाह अनुसार अन्तिममा चुरेमाईमा गएर मुसाको बली दिएर पञ्चबली सम्पन्न गरे ।
यति गरेर सबै ग्रहसँग राजाले सेटिङ गरे । तर, दल र माओवादीले भारत र अमेरिकासँग गरेको सेटिङलाई उस्तो महत्व दिएनन् । उनलाई देवीदेउता र ग्रह नक्षत्रभन्दा भारत र अमेरिका शक्तिशाली हुन्छन् भनेर लाग्दै लागेन ।

सबै दैविक सेटिङ सम्पन्न गरिसकेपछि राजा नायकत्वमा पनि उत्रिए । ०४८ देखिको ‘भ्रष्टाचार’ छानबिन गर्न शक्तिशाली शाही आयोग बनाए । सरकारी सेवा सुविधालाई चुस्तदुरुस्त बनाउन नागरिक बडापत्र लेखेर हरेक कार्यालयमा झुन्ड्याए । ट्रेड युनियनहरूमाथि धावा बोले । स्थानीय निकायमा बहुदललाई लखेटेर पूर्वपञ्चेहरू नियुक्त गरे ।
पानीट्याङ्कीमा पैसा लुकाउने, मेलम्चीमा भ्रष्टाचार गर्ने, लाउडा खाने, बहुदलीय नेता र भ्रष्ट कर्मचारी सबै समाते । यता सहरतिर गिरिजाप्रसाद, माकुने, ईश्वर पोखरेल, उता जंगलतिर बाबुराम, प्रचण्ड—कसैलाई खेदाउन र थुन्न बाँकी राखेनन् ।
अहिलेका डिजिटल नागरिकले आफ्नो नयाँ नायकको महिमामण्डनमा आरती लेखेर सेयर र ट्वीट गरेजस्तै उबेला पनि आरती भयो । अहिले जस्तो फेसबुक र ट्विटर त थिएन । तर पत्रिका थिए । टिभी र रेडियो थियो । त्यहाँ नायकका फोटोसहित विज्ञापन आउँथ्यो । नायकको महावाणी आउँथ्यो । त्यहाँ नायकको आरती हुन्थ्यो । महिमामण्डन हुन्थ्यो । साँझ घरघरमा दिपावली हुन्थ्यो । नायकले खोकेको र वायुत्याग गरेको विषयमा समाचार बन्थे ।
यो जात्रा अरु तीन बर्ष जति चल्यो । अनि ग्रहदशा र बली खाने देवीदेउताले ज्ञानेन्द्रलाई धोका दिए । ग्रहदशाले नै धोका दिएपछि नायकत्वले पनि हावा खायो । त्यसपछि अरु अरु नायक भए । दृश्य र सम्बाद उही । बस पात्र र नायक फरक ।
हेर्नुस् बुढो हुनु भनेको चालीस कट्नु र दारी तिलचामल हुनुमात्र होइन । इतिहास दोहोरिएको देख्न पाउने सौभाग्य जुर्नु पनि हो । फरक पात्रले उही पटकथा, दृश्य र संवादमा अभिनय गरेको हेर्दा पहिलेको जस्तो रोमान्चक अनुभूति त हुँदैन । तर इतिहास दोहोरिएको दृश्य पनि हेर्न सक्ने र जान्नेहरूका निम्ति कम्ता रोचक चाहिँ हुँदैन । अझ आफूभन्दा जेठा, ४५ र ५० तिरका बुढाहरूले चौथो पटक उही दृश्य हेरेर र संवाद सुनेर मर्नुन्जेल ताली पड्काएको हेर्नु त, यो मंचनको उलकै रमाइलो पक्ष भैहाल्यो ।
चिमरियाको फेसबुकबाट साभार
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend