काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मोत्सव यही असार २३ गते विशेष कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । जन्मोत्सवलाई भब्य बनाउन पूर्वराजालाई शुभकामना दिन चाहनेका लागि निर्मल निवास सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।
पूर्वराजा शाहको सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार, उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई शुभकामना दिन सकिनेछ ।
पूर्वराजा शाहले पछिल्लो समय जनतामाझ आफ्नो सक्रियता देखाइरहेका छन् । गएको फागुन २५ गते पोखराबाट काठमाडौं फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भब्य स्वागतबाट उत्साहित भएका पूर्वराजा शाहले राजासहितको हिन्दू राष्ट्रको एजेन्डासहित छरिएर रहेका राजावादीहरुलाई एकजुट भएर आन्दोलन गर्ने वातावरण बनाएका थिए । तर गएको चैत १५ गते दुर्गा प्रसाईलाई जनकमाण्डर बनाएर गरिएको आन्दोलन हिंसात्मक भएपछि राजावादीहरुबीच एकमत हुन सकेन । एकअर्कामा आरोप प्रत्यारोप चलेपछि आन्दोलन सेलाउँदै गएको थियो ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend