काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मोत्सव यही असार २३ गते विशेष कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । जन्मोत्सवलाई भब्य बनाउन पूर्वराजालाई शुभकामना दिन चाहनेका लागि निर्मल निवास सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।
पूर्वराजा शाहको सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार, उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई शुभकामना दिन सकिनेछ ।
पूर्वराजा शाहले पछिल्लो समय जनतामाझ आफ्नो सक्रियता देखाइरहेका छन् । गएको फागुन २५ गते पोखराबाट काठमाडौं फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भब्य स्वागतबाट उत्साहित भएका पूर्वराजा शाहले राजासहितको हिन्दू राष्ट्रको एजेन्डासहित छरिएर रहेका राजावादीहरुलाई एकजुट भएर आन्दोलन गर्ने वातावरण बनाएका थिए । तर गएको चैत १५ गते दुर्गा प्रसाईलाई जनकमाण्डर बनाएर गरिएको आन्दोलन हिंसात्मक भएपछि राजावादीहरुबीच एकमत हुन सकेन । एकअर्कामा आरोप प्रत्यारोप चलेपछि आन्दोलन सेलाउँदै गएको थियो ।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend