काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा आन्दोलनका नाममा भएको प्रदर्शनमा लुटपाट र आगजानी भएकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ ।
महानगरपालिकाले ज्ञानेन्द्र शाहलाई नै तोकेर ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ । दुर्गा प्रसाई नेतृत्वको प्रदर्शनमा सहभागीहरुले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेका थिए । दमकल लगायतका प्रहार गरेकाले महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको जनाएको छ ।
शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी त्यसमा लाग्ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय गरेको बताइएको छ ।
दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजसंस्था पुनस्र्थापना गर्ने भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । जुन प्रदर्शनका क्रममा ब्यक्तिको घरमा आगजनी, भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्नुका अलावा कान्तिपुर, अन्नपूर्ण दैनिकको कार्यालय तोडफोड गरेका थिए । नेकपा एकीकृत समाजवादी कार्यालय तोडफोड गर्ने, गाडीहरुमा आगजनी गरेका थिए ।
महानगरले तीनकुने, जडिबुटी, बालकुमारी, कोटेश्वर, सिनामंगल, कोटेश्वर महादेवस्थान क्षेत्रमा फोहोरमैला गरेकोमा प्रत्येक ठाउँको १ लाखका दरले जरिवाना तोकेको छ ।
तीनकुनेमा रुखबिरुवा नष्ट, रेलिङ तोडफोडबापत ४० हजार र आइल्याण्ड तोडफोड गरेबापत २३ हजार गरी ६३ हजार तिराउने गरी पत्र काटेको छ । साथै दमकल र अग्निनियन्त्रक फुटाएबापत १ लाख ३० हजार जरिवाना तोकेका छ ।
कुन कुन शीर्षकमा तोकियो जरिवाना ?







काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend