काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा आन्दोलनका नाममा भएको प्रदर्शनमा लुटपाट र आगजानी भएकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ ।
महानगरपालिकाले ज्ञानेन्द्र शाहलाई नै तोकेर ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ । दुर्गा प्रसाई नेतृत्वको प्रदर्शनमा सहभागीहरुले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेका थिए । दमकल लगायतका प्रहार गरेकाले महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको जनाएको छ ।
शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी त्यसमा लाग्ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय गरेको बताइएको छ ।
दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजसंस्था पुनस्र्थापना गर्ने भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । जुन प्रदर्शनका क्रममा ब्यक्तिको घरमा आगजनी, भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्नुका अलावा कान्तिपुर, अन्नपूर्ण दैनिकको कार्यालय तोडफोड गरेका थिए । नेकपा एकीकृत समाजवादी कार्यालय तोडफोड गर्ने, गाडीहरुमा आगजनी गरेका थिए ।
महानगरले तीनकुने, जडिबुटी, बालकुमारी, कोटेश्वर, सिनामंगल, कोटेश्वर महादेवस्थान क्षेत्रमा फोहोरमैला गरेकोमा प्रत्येक ठाउँको १ लाखका दरले जरिवाना तोकेको छ ।
तीनकुनेमा रुखबिरुवा नष्ट, रेलिङ तोडफोडबापत ४० हजार र आइल्याण्ड तोडफोड गरेबापत २३ हजार गरी ६३ हजार तिराउने गरी पत्र काटेको छ । साथै दमकल र अग्निनियन्त्रक फुटाएबापत १ लाख ३० हजार जरिवाना तोकेका छ ।
कुन कुन शीर्षकमा तोकियो जरिवाना ?







काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend