काठमाडौं । नेकपा एमाले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक देखिएको छ।
भर्खरै सम्पन्न सचिवालयको बैठकमा पूर्वराजा शाहले ‘नेपाली जनतामाजागरण आएको’ भन्ने सन्देश र प्रचण्डले ‘नयाँ बर्षमा सरकार परिवर्तन हुने’ भन्ने अभिब्यक्तिप्रति आपत्ति जनाएको हो ।
‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्विकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’ एमाले नेता प्रदिप ज्ञवालीले भने ।
उता, माओवादी अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार परिवर्तन हुने भन्दै दिएको अभिब्यक्ति प्रति पनि आपत्ति जनाएको छ। ‘केही दिन अघि प्रचण्डले फेरी सरकार फेरिने कुरा गर्नुभयो, यो उहाँको सरकार बाहिर रहदाँको पीडा हो, उहाँमा सत्ता प्राप्तिको आशक्ति देखाउँछ तर यो सरकार कुनै हालतमा परिवर्तन हुने छैन, सरकार परिवर्तन गरेर अस्थिरता निम्ताउने प्रयास सफल हुने छैन्’ उनले भने ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend