अधिवक्ता राधिका खतिवडा
वकालत गर्ने क्रममा दैनिक जस्तो यस्तै केसहरु त हेरिन्छ तर हिजो एउटा ५ महिनाको बच्चा बोकेको निर्दोष महिलाको अवस्था देख्दा नेपालको न्याय प्रणालीको बारेमा केही लेख्न बाध्य भएको छु ।
एउटी महिला बैदेशिक रोजगारीबाट नेपाल फर्किदै थिइन् । उनी बिदेश जाँदा उनी एक्लै थिइन् तर २ बर्षपछि फर्किदा उनी ५ महिनाको बच्चा लिएर आउन बाध्य भइन् !
एयरपोर्टमै उनी पक्राउ परिन्, उनीबिरुद्ध कसुर थियो बैदेशिक रोजगार सम्बन्धी ठगी, जो आफैं ठगिएर नेपाल आउन बाध्य भएकी थिइन् ।
बैदेशिक रोजगार विभागको पक्राउ पूर्जीको आधारमा प्रहरीले बच्चासहितकी ती आमालाई पक्राउ गरेर थुनामा राख्यो, बच्चा बिरामी छ मलाई छोडिदिनु् भन्दै ती महिला रोइन्, कराइन्, चिच्याइन् तर पनि उनको चित्कार कसैले सुनेन । किनकि उनलाई पक्राउ गर्ने प्रहरीसँग त केवल वैदेशिक रोजगार विभागले पठाएको पक्राउ पुर्जी मात्रै थियो । अनुसन्धान गर्ने निकाय प्रहरी नभएर वैदेशिक रोजगार विभाग थियो जसले गर्दा प्रहरीले छोड्न सक्ने अवस्था रहेनछ । त्यसपछि कसैले मेरो नम्बर दिएछ र मकहाँ आइपुगिन् उनकी बहिनी ।
मैले ती महिलालाई सोधें तपाईलाई किन यस्तो आरोप लाग्यो त ? उनले भनिन् जसले मलाई बिदेश पठाएको हो, त्यही एजेन्टले मेरो खातामा अरूलाई पैसा हाल्न लगाएको रहेछ, मैले पैसा पनि त्यो एजेन्टलाई अनलाइनबाट ट्रान्सफर गरेको (फिर्ता दिएको ) प्रमाण छ, सो प्रमाण पनि मैले देखाएँ तर मेरो कुरा कसैले सुनेन भनिन् ! मैले कसैलाई ठगी गेरेको छैन, ठगी गर्ने नियतले त्यो एजेन्टले मेरो खाता प्रयोग गरेको रहेछ बल्ल पो थाहा पाएँ ! ती महिला निर्दोष हुन् या दोषी त्यो त पछि मुद्दामा एउटा फैसला होला तर दुधे बच्चा भएका सुत्केरी महिला, गर्भवती महिला, गम्भीर रोग भएका, बृद्ध नागरिकलाई थुनामा राख्ने र म्याद थप्ने कानुन छ तर त्यो कानुनको प्रयोग गर्ने कुरामा किन अन्धा कानुन जस्तो बनाएको ? यो सवाल अदालतमा पटक–पटक मैले उठाउँदै आएको छु ।
अदालतले न्याय देला कि भनेर बाल अधिकार, सुत्केरी महिलाको अधिकार, प्रतिवादीको अवस्थाको बारेमा घण्टौं बहस गर्दा पनि बैदेशिक रोजगार न्यायाधीकरणबाट ती काखमा बच्चा भएकी महिलाको म्याद थप्ने आदेश भयो, ती महिला आफ्नो ५ महिने बालकसहित प्रहरी हिरासतमा बस्न बाध्य भइन् तर मलाई ती महिला सँगै थुनामा बस्न बाध्य भएका ५ महिने अबोध शिशुको यादले रातभर नै झस्काइरह्यो र निदाउन समेत सकिनँ ।
आज ती महिलाको बहिनीले कानको सुन बेचेर ल्याएको बिगो बराबरको रकम वैदेशिक रोजगार बिभागको धरौटी खातामा जाहेरवालाले पाउनेगरी जम्मा गरेपछि बच्चा र महिलालाई थुनामुक्त गरेर साझमात्र निस्कँदै गर्दा वैदेशिक रोजगार विभागमै सुनेँ कि यस्तै मुद्दामा अर्की ८ महिनाको गर्भवती महिला पनि २० दिनदेखि थुनामा रहेको जानकारी पाउँदा आज पनि निदाउन सक्ने अवस्था रहेन । जबकि ७ महिनामाथिका गर्भवती महिलालाई थुनामा नराख्नू भन्ने कानुनी ब्यबस्था छ । उनको न्यायका लागि पनि निरन्तर लाग्नेछु । न्याय केबल यान्त्रिकताभित्र खोज्ने चिज होइन, यो त पबित्र आत्माको दियो जस्तै शुद्धताको ज्योति बन्नुपर्छ !
अदालत र सरकारी निकायहरु अहिले पनि पहुँचवालाहरुका कब्जामा छन् । गरिब, असहाय र निमुखाले न्याय पाउने कुरा आकासको फल आँखा तरी मर जस्तै भएको छ । कम्तीमा पनि कानुनको प्रयोग गर्ने निकायहरुले कसुरको मात्रा, प्रतिवादीको अवस्था, कसुर प्रमाणित हुनसक्ने आधार लगायतको अवस्था बुझेर विवेक प्रयोग गर्ने हो भने यस्तो अवस्था सायदै आउला ।
हामी यो न्यायको यात्राबाट पछि हट्ने छैनौं । गरिब, निमुखा र अन्यायमा परेकाको सहारा बन्ने यो यात्रालाई केहीले पनि रोक्ने छैन !
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend