Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अब म्यानपावर नवीकरण गर्दा गुगल लोकेशन अनिवार्य, झोले म्यानपावर बन्द होलान् ?


    सोमबार, जेष्ठ २६ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बैदेशिक रोजगार विभागले अबदेखि इजाजत प्राप्त संस्था (म्यानपावर) नवीकरण गर्दा संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको बेबसाइटमा समेत अनिवार्य रुपमा राख्नुपर्ने प्रावधान गरेको छ ।

    यसरी राखिएको लोकेशन अनुसार सो संस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र एक्काइसौं शताव्दीमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

    विभागले जेठ २६ गते प्रकाशन गरेको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरु, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुले तत्तत् कानून बमोजिम तोकिएको समयावधिभित्र इजाजतपत्र÷अनुमतिपत्र नवीकरण गर्नुहुन अनुरोध गरिएको छ । अन्यथा कानून बमोजिम कारबाही हुने पनि जनाइएको छ ।

    संस्थाको कार्यालयको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने भएपछि झोलामा कार्यालय राखेर बर्षमा १ सय जना कामदार पनि नपठाउने म्यानपावरहरु पनि कानुनी दायरामा आउनुपर्ने भएको छ । १ सय कामदार पनि नपठाउने म्यानपावरहरुको नवीकरण नहुने कानुनी ब्यवस्था छ । तर आर्थिक चलखेलमा हरेक बर्ष नवीकरण हुँदैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार