काठमाडौं । बैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको National Identity Management Information Systems (NIDMIS) सँग जोडिएको छ ।
यसअघि श्रम स्वीकृति लिनुपूर्व अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था थियो । हालसम्म उक्त तालिममा सहभागी हुने व्यक्ति राहदानीबाहक व्यक्ति भए नभएको एकीन हुने अवस्था थिएन । अझभन्दा वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयं उपस्थित नभएर अरु नै व्यक्तिको वायोमेट्रियक प्रविष्ट गरे पनि श्रम स्वीकृति प्रणालीमा जाँच गर्ने प्रावधान थिएन । अबदेखि व्यक्ति पहिचानलाई थप प्रभावकारी बनाउन बैदेशिक रोजगार विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागवीच गत भदौ महिनामा भएको संयुक्त बैठकको निर्णयबाट बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याएको National Identity Management Information Systems (NIDMIS सँग जोडिएको बैदेशिक रोजगार बिभागले जनाएको छ ।
सैद्धान्तिक रुपमा निर्णय भएपछि सफ्टवेयर प्रदायक कम्पनी र दुबै विभागका प्राविधिकहरुले आवद्धता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेपछि विभागले आधिकारिक निर्णय गरी आगामी असोज २९ गते बुधबारदेखि यो प्रणाली अनिवार्य गर्ने गरी सूचना जारी गरेको छ ।
यसरी FEIMS प्रणाली र NIDMIS प्रणाली अन्तरआवद्ध हुँदा तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, बैदेशिक रोजगारीमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत रुपमा प्राप्त गर्न सकिने, बैदेशिक रोजगारमा जाने व्यक्तिलाई गन्तव्य मुलुकको भौगोलिक, भाषिक, सांस्कृतिक तथा ट्राफिक नियमबारे सामान्य जानकारी गराउने, यात्रा पूर्वको तयारी र यात्राको क्रममा पुरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी गराउने, वैदेशिक रोजगारीको सिलसिलामा आउन सक्ने समस्या र समाधानका उपायका बारेमा जानकारी गराउने, कामदारले गर्न हुने र गर्न नहुने काम तथा रोजगारदातासंग करार गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने,कामदारले पाउने सेवा सुबिधा एवं वित्तीय साक्षरता बारेमा जानकारी गराउने जस्ता कार्य भई बैदेशिक रोजगार अझ बढी सुरक्षित, व्यवस्थित र मर्यादित हुन जान्छ ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबदेखि अभिमुखीकरण तालिममा वास्तविक व्यक्ति पहिचान भएपश्चात् मात्र ब्याच हाल्न मिल्ने र व्यक्ति स्वयं उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागु भएको बताएका छन् । जसका लागि वैदेशिक रोजगारमा जाने ब्यक्ति श्रम स्वीकृतिको प्रणालीमा आउनुपूर्व राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा आवद्ध भइसकेको हुनुपर्नेछ । जसको लागि सम्पूर्ण तयारी पूरा भएता पनि ३ दिनपछिदेखि मात्र अनिवार्य गरिएको महानिर्देशक भट्टराईले बताए ।
भट्टराईका अनुसार पहिलो चरणमा अभिमुखीकरण तालिममा व्यक्ति पहिचानमा मात्र प्रणाली आवद्ध गरिएको र आगामी दिनमा क्रमशः श्रम स्वीकृति, स्वास्थ परिक्षण र अध्यागमनको प्रणालीसँग आवद्ध गरी वास्तविक व्यक्ति पहिचान गर्न सकिने छ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend