काठमाडौं । गाईको मासु खान पाउनुपर्छ भन्ने अभिब्यक्तिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनार विवादमा परेका छन् ।
सुनारले ‘तपाईंले मटन खान पाउनुहुन्छ भने उसले गाई खान किन नपाउने’ भनी दिएको एक अन्तवार्ताको भिडियो भाइरल छ । उनले अन्तार्वार्तामा भनेका छन्–गाई राष्ट्रिय जनावर हो भने कुकुर पनि राष्ट्रिय जनावर हो, बाख्रा पनि हो । बाख्रा खानुहुन्छ भने गाई किन नहुने ?’
दलित अधिकारकर्मी भन्दै साङ्लो लगाउने, उत्तेजक अभिब्यक्ति दिने गरेका सुनारको गाई खान पाउनुपर्ने भनाइका बारेमा रास्वपाको धारणा सार्वजनिक रुपमा आएको छैन । तर उक्त भिडियोमा दिएको सुनारको अभिब्यक्तिका बारेमा देशभरका रास्वपाका उम्मेदवारलाई नागरिकले प्रश्न गर्न थालेका छन् ।
ललितपुर ३ की रास्वपा उम्मेदवार डा. तोसिमा कार्कीलाई मतदाताहरुले गाई खान पाउनुपर्ने सुनारको भिडियोका बारेमा र्याखर्याख्ती पारेपछि उनले त्यस्तो पनि बोलेको छ र भन्दै आश्चर्य प्रकट गरेकी छन् ।
बहुसंख्यक हिन्दू भएको नेपालमा गाईको मासु खान पाउनुपर्ने अभिब्यक्तिले सनातन हिन्दूहरुको भावनामा चोट पुगेको भन्दै तोसिमा कार्कीलाई जस्तै रास्वपाका देशभरका उम्मेदवारलाई अप्ठेरो परेको छ ।
सुनारले सर्वोच्च अदालत समेत जलाउने सार्वजनिक अभिब्यक्ति दिएका थिए । अराजक र उृत्तेजक भाषण गर्ने, अत्तर्वार्ता दिएर चर्चामा आउने सुनारलाई रास्वपाले केही समयअघि केन्द्रीय सदस्य बनाएको हो ।
खगेन्द्र सुनारको गाई खान पाउनुपर्ने अभिब्यक्तिको बिरोध देशभर भइरहेकोक छ । मंगलबार महाकाली किनारमा खगेन्द्र सुनारको पुतला दहन गरिएको छ । पुतला दहन गर्नेहरुले रास्वपा मुर्दावाद भन्दै नाराबाजी गरेका छन् ।
यसैबीच, विवादित भिडियोका बारेमा खगेन्द्र सुनारले स्पष्टीकरण दिंदै बोल्दै नबोलेको छेउटुप्पो जोडेर विवादमा ल्याएको बताएका छन् । उनले भिडियो सन्देश जारी गर्दैै आफूले नबोलेका कुरालाई तोडमोड गरिएको बताए पनि उक्त अन्तर्वार्ता लिने पत्रकारले भने सुनारले गाई खान पाउनुपर्छ भनेर आफूसँग बोलेको फुटेज नै सुृरक्षित रहेको दाबी गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend