Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने सुनार श्रममन्त्री बन्दै, जारी भएको थियो पक्राउ पूर्जी


    आइतबार, कार्तिक ९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जेनजीको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वले तेस्रो पटक बिस्तार गर्न लागेको मन्त्रिपरिषदमा एक फरार अभियुक्त पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् । उनको नाम राष्ट्रपति कार्यालयमा मन्त्रीका लागि पठाइसकिएको समाचार सार्वजनिक भएको छ ।

    प्रधाममन्त्री कार्कीले तेस्रो पटक ४ जना मन्त्री नियुक्त गर्न लागेकी हुन् । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा, भूमिब्यवस्था मन्त्रीमा गणपतिलाल श्रेष्ठ र युवा तथा खेलकुदमा बब्लु गुप्ताको नाम तय भएको छ ।

    श्रम तथा रोजगार मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनार फरार आरोपी रहेको खुलेको छ । सुर्खेत जिल्ला अदालतबाट उनका नाममा पक्राउ आदेश जारी भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुना अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोेडफोड गरेको मुद्दा २०८१ असार १४ गते परेको थियो । जुन मुद्दामा २०८१ असार २१ गते सर्खेत जिल्ला अदालतले सुनारको नाममा ७ दिने पक्राउ पूर्जी जारी गरेको थियो ।

    मेहलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले दिएको मुद्दामा सुनारबिरुद्ध ७ दिने पक्राउ पूर्जी जारी भएको थियो । यदि ७ दिनभित्र पक्राउ गरी उपस्थित गराउन नसके ३५ दिने पक्राउ पूर्जी तामेल गरी तदारुकताका साथ खोजतलास गर्दै पक्राउ गर्न आदेश दिएको थियो । श्रम मन्त्री नियुक्त हुन लागेका सुनार यसअघि बैदेशिक रोजगार ब्यवसायमा समेत रहेकाले उनका बिरुद्ध बैदेशिक रोजगार बिभागमा समेत धेरै उजुरी परेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार