Nepal Face
  • मंगलबार, २७ असोज २०८३
  • अडियो भाइरल भएपछि खगेन्द्र सुनार कानूनी परामर्शमा


    मंगलबार, असोज २७ २०८३
    175
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको घोटालाको विषय संसदमा उठाएपछि चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादास्पद अडियो प्रकरणमा मुछिएका छन् ।

    सोमबार विभिन्न सञ्चार माध्यममार्फत एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएपछि खगेन्द्र अडियो काण्डमा फसेका हुन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडियोको आधिकारिकता, रेकर्ड गरिएको समय र कुराकानीको प्रसंगबारे अहिलेसम्म स्पष्ट तथ्य सार्वजनिक भएको छैन ।
    अडियोमा सुनारको आवाज रहेको दाबी गरिए पनि त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । सामाजिक सञ्जालमै अडियोको सत्यतामाथि प्रश्नसमेत उठाइएको छ ।

    अडियोमा सुनिएकी महिलाको पहिचानसमेत खुलेको छैन । उक्त विषयमा सुनारविरुद्ध धम्की, असुली वा ब्ल्याकमेलिङसम्बन्धी कुनै उजुरी प्रहरीमा परेको जानकारी छैन ।
    खगेन्द्रले अडियोको विषयमा प्रस्ट पार्न आफ्ना कानून व्यवसायीसँग परामर्श गरिरहेको उनका एक सहयोगीले अनलाइन नेपालसँग बताएका छन् ।

    सुनारले उक्त अडियो आफ्नो नभएको दाबी गरेको पनि उनले बताए । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको अनियमितताको विषय संसदमा उठाएका सुनारलाई पछिल्लो समय विभिन्न विवादमा मुछ्न थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार