काठमाडौं । सार्वजनिक लेखासमितिमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारले गृहमन्त्रालयका सचिव र नेपाल प्रहरी महानिरीक्षकलाई अमर्यादित शब्द प्रयोग गरेको बिषयमा सामाजिक संजालमा क्रिया–प्रतिक्रिया आइरहेका छन् ।
निर्वाचन प्रहरीको लत्ताकपडा खरिदमा अनियमितता भएको भए मर्यादित ढंगले तथ्यपूर्ण कुरा राख्न सकिने भए पनि सांसद सुनारले मोजा, जुत्ता खाएर कुन भिटामिन प्राप्त हुन्छ भनेर आईजीपी र गृहसचिवलाई प्रश्न गरेका थिए । सांसद सुनारको मर्यादाहीन प्रश्नको लेखासमितिकै सदस्यहरुले बिरोध गरेका थिए भने सामाजिक संजालमा पनि बिरोध भइरहेका छन् ।
रास्वपा सरकारको समर्थन गर्दैआएका अभियन्ता भीमप्रसाद उपाध्यायले पनि सुनारको अभिब्यक्तिको बिरोध गर्दै उनीजस्ता थुतुने र अनुशासनहीन सांसदसँग सरकारका अधिकारीलाई बोलाएर छलफल गराउन तत्काल बन्द गर्न माग गरेका छन् ।
थुतुने, कुनै नियम कानुन नलाग्ने, नमान्ने, कारबाही बेहोर्न नपर्ने राजनीतिक पदधारी मान्नेहरूलाई जवाफ नेताहरू, मन्त्री प्रधानमन्त्री नेताहरूले नै दिनुपर्ने, कर्मचारी संसदमा छलफलमा जान नपाउने ब्यवस्था गरिएन भने नेपालको राजनीतिक ब्यवस्था सजिलै ध्वस्त हुने उपाध्यायको तर्क छ । उनले अबदेखि राजनीतिक संसदीय समितिमा गैरराजनीतिक कुनै पनि कर्मचारी पदाधिकारी नबोलाउन माग गरेका छन् ।
उपाध्याय लेख्छन्–‘थुतुने, बेलगाम, अनुशासनहीन, संस्कारहीन, अराजक, असभ्य, बेसर्म, पाप घिन नमान्ने, कानुन नमान्ने, कानुनले छुन नसक्ने, परजीवी, कुनै कामै नगरी तलब सुबिधा हसुर्ने, कामचोर, जवाफदेहीहीन, उत्तरदायीहीन, राजनीतिक रूपले संगठित मान्नेहरूसँग कर्मचारी, पुलिस, सेना, न्यायाधीशहरू जस्ता गैरराजनीतिक, सभ्य, शिष्ट, संस्कारित, शिक्षित, पठित, अनुशासित, जवाफदेही एवं उत्तरदायी हुनुपर्ने, कानुनका ज्ञाता, नियमकानुन मर्यादामा बस्ने दैनिक ८ घन्टा काम गरेर मात्र तलबभत्ता बुझ्ने, राजनीति जस्तो वर्गीय संगठित नभएको समूह सरकारी अधिकारीहरूलाई उपस्थित गराई संसदीय समितिमा संवाद र छलफल गर्ने परम्परा अब बन्द गरिनुपर्छ ।
थुतुने, कुनै नियम कानुन नलाग्ने, नमान्ने, कार्यवाही बेहोर्न नपर्ने राजनीतिक पदधारी मान्नेहरूलाई जवाफ नेताहरू, मन्त्री प्रधानमन्त्री नेताहरूले नै दिनुपर्ने, कर्मचारी संसदमा छलफलमा जान नपाउने ब्यवस्था गरिएन भने नेपालको राजनीतिक ब्यवस्था सजिलै ध्वस्त हुनेछ । माननीयहरू झन् झन् हाननीय हँुदै गइरहेको भन्ने भाष्य बन्दै जानु राजनीतिक ब्यवस्था र राजनीतिक संस्कार धूलिसात भएको प्रमाण हो ।
अबदेखि राजनीतिक संसदीय समितिमा गैरराजनीतिक कुनै पनि कर्मचारी पदाधिकारी नबोलाइयोस् । कोही पनि कर्मचारी नजाउन् । नेताहरूसँग भिड्नुपर्ने नेताहरूले नै हो, मन्त्रीहरूले नै हो, अनुशासित मर्यादामा बस्नपर्ने सार्वजनिक थुतुने बन्न नमिल्ने नपाइने आचारसंहिता भएको कुनै पनि कर्मचारीले हैन । यी दुई वर्गमा नैतिक, ब्यावसायिक संस्कारको स्तर नै मिल्दैन ।’
काठमाडौं। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा...
काठमाडौँ। दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ । उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद्...
उदयपुर। बेलका नगरपालिका–५ सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित एकजना पिकअप चालक पक्राउ परेका छन्। प्रहरी चौकी लालबजार,उदयपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको कमाण्डमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend