काठमाडौं । मेडिकल कलेजहरु शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत संचालित छन् । मेडिकल कलेजलाई स्वीकृति दिने र त्यसको अनुगमन गर्ने प्रमुख जिम्मेवारी शिक्षा मन्त्रालयको हो । तर विडम्बना यो छ कि देशभरका धेरै मेडिकल कलेज अन्तर्गतका अस्पतालमा कार्यरत स्टाफ नर्सहरूले सरकारले तोकेको दरबन्दी र मापदण्डअनुसारको तलब सुविधा अझै पाएका छैनन् । सरकारले स्पष्टरूपमा न्यूनतम पारिश्रमिक तोके पनि, ती नर्सहरू न्यूनतम ज्यालासमेत पाउन संघर्षरत छन् ।
यस्ता गम्भीर अनियमितता भइरहँदा पनि शिक्षा मन्त्रालयले किन प्रभावकारी रूपमा अनुगमन गरिरहेको छैन भन्ने प्रश्न अहिले सबैको मनमा उठिरहेको छ । यदि शिक्षा मन्त्रालयले आफ्नो दायित्व पूरा गरेको भए, स्टाफ नर्सहरूलाई शोषण गर्ने अवस्थाको अन्त्य भइसकेको हुन्थ्यो । मेडिकल कलेजहरुले शिक्षामन्त्री र मन्त्रालयको कर्मचारीतन्त्रलाई प्रभावमा पारी नर्सहरुको श्रम शोषण गर्दैआएको थिए । जेनजी समूहको आन्दोलनपछि मेडिकल कलेज अन्तर्गत संचालित अस्पतालका नर्सहरु श्रम शोषणका बिरुद्ध आन्दोलित भएका छन् ।
सरकारी निर्णय कार्यान्वयन नगर्ने मेडिकल कलेजहरूमाथि शिक्षा मन्त्रालयले कडा कारबाही गर्न सक्छ । उदाहरणका लागि, शिक्षा मन्त्रालयले ती मेडिकल कलेजहरूका एमबीबीएस पढाउने कोटा घटाउने निर्णय गर्नसक्छ । यस्तो निर्णय भएपछि कलेजहरूमा तुरुन्त सुधार आउने सम्भावना अत्यधिक हुन्छ, किनभने विद्यार्थी भर्ना घटेपछि आर्थिक लाभमा असर पर्न जान्छ, जसले गर्दा तिनीहरूलाई सरकारले तोकेको मापदण्ड पालन गर्न बाध्य पार्नेछ ।
निजी मेडिकल कलेज मातहतका अस्पतालमा कार्यरत नर्सहरू धेरैजसो आर्थिक, मानसिक र व्यावसायिक रूपमा पीडित भएका छन् । उनीहरू दिनरात स्वास्थ्य सेवा दिइरहेका छन् । तर आफ्नो अधिकारका लागि आवाज उठाउँदा दबाब र धम्कीको सामना गर्न बाध्य छन् । अतः शिक्षा मन्त्रालयले तुरुन्तै यस्ता समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ– नियमित अनुगमन, पारदर्शी कारबाही प्रक्रिया र न्यूनतम तलब नदिने कलेजमाथि कठोर दण्डको व्यवस्था आवश्यक छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सम्बन्धित निकायहरू, अस्पताल प्रशासन र नियामक संस्थाहरूले कडाइका साथ निगरानी र कारबाही गर्न आवश्यक छ । साथै, नर्सहरूको अधिकार र हितको संरक्षणका लागि व्यवसायिक संघसंस्थाहरूले पनि प्रभावकारी पहल गर्न जरुरी छ ।
त्यसैले, सरकारले आफ्नो नै परिपत्र र कानुन कार्यान्वयनका लागि विशेष पहल गर्न अत्यावश्यक देखिन्छ । सम्बन्धित निकायहरूले निगरानी तथा अनुगमन प्रणालीलाई सुदृढ गर्दै, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, श्रमिक अधिकारको संरक्षण गर्ने र स्वास्थ्यकर्मीको मनोबल बढाउने दिशातर्फ ठोस कदम चाल्न जरुरी छ । तर, हालको अवस्थामा धेरै निजी तथा सहकारी स्वास्थ्य संस्थाहरूले सरकारले तोकेको परिपत्रको समेत पालना गरेका छैनन् ।
श्रम ऐन, २०७४ अनुसार नेपालमा कायम न्यूनतम ज्याला रू. १९,५५० तोकिएको भए पनि, धेरै नर्सहरू सो न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । यसले न केवल श्रम ऐनको उल्लंघन देखाउँछ, बरु स्वास्थ्य क्षेत्रमै पेशागत अन्याय र असमानता पनि उजागर गर्दछ ।
स्वास्थ्य मन्त्रालयको निर्णयबमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिए । स्वास्थ्य मन्त्रालयले गएको ०८१ मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो । तर नर्सहरुले आफूहरुलाई मासिक १५ हजारमात्र तलव दिएर श्रम शोषण गरेकाले चरणबद्ध संघर्ष गर्दैआएका छन् ।
कानुनतः स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजहरुलाई नियमन गर्न सक्दैन । तर नर्सहरुले मेडिकल कलेजहरुमा आन्दोलन चर्काएपछि प्रधानमन्त्री सुशीला कार्कीले पनि तिहारअघि(स्वास्थ्य मन्त्री नियुक्त नहुँदै) असोज ३० गते स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटालाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएकी थिइन् ।
मेडिकल कलेजहरुमा कार्यरत नर्सहरुको समस्या समाधान गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयको भए पनि स्वास्थ्य सचिव देवकोटाले मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कमिटी गठन गरेका छन् ।
नर्सहरूको सरकारी अस्पतालका नर्सहरूसरह पारिश्रमिक र सेवासुविधा प्रदान गनुपर्र्ने माग न्यायोचित र यथार्थपरक भए पनि त्यो शिक्षा मन्त्रालयबाट समाधान खोज्नुपर्ने हो । तर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं स्वास्थ्य मन्त्रालयले कमिटी गठन गरेको छ । जसले नर्सहरुको समस्याको समाधान गर्न कानुनतः नसक्ने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend