काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन सकेको छैन ।
गएको बैशाख २९ गते डा. दीपेन्द्र पाण्डेलाई निमित्त रजिष्टार तोकेको मन्त्रालयले साउन ४ गते डा. अजयकुमार शाहलाई निमित्तको जिम्मेवारी तोकेको छ ।
डा. पाण्डेको अनुपस्थितिमा १० दिनका लागि शाहलाई निमित्त तोकिएको स्वास्थ्य मन्त्रालयले दिएको पत्रमा उल्लेख छ ।
‘पाण्डेले १० दिन बिदा लिएकाले उनको अनुपस्थितिमा काउन्सिलको सिफारिसमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अजयकुमार शाहलाई २०८३–४–३ देखि २०८३–४–१३ सम्म नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रार तोकिएको बेहोरा अनुरोध छ ।’ स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी शाहलाई निमित्त दिइएको छ । काउन्सिलमा निर्वाचित सदस्यलाई निमित्त रजिष्टार नतोकिने प्रचलनबिपरीत पाण्डेलाई मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको थियो ।
निमित्त बिदामा बसेपछि अर्का चिकित्सकलाई निमित्त दिइएको छ । अब उनी १० दिनपछि आए स्वास्थ्य मन्त्रालयले उनलाई पुनः निमित्त दिन्छ कि शाह नै निरन्तर कायम रहन्छन् ? त्यो भने मन्त्रालयले प्रष्ट पारेको छैन ।
डा. पाण्डेले काउन्सिलको निमित्त रजिष्टार भएपछि ११ सदस्यीय बोर्डमा कसैलाई पनि नसोधी क्षेत्राधिकार बाहिर गएर प्राकृतिक चिकित्सकलाई प्रहरी लगाएर पक्राउ गराउने, महानगरपालिकाको स्वीकृति लिएर संचालन भएका अस्पतालमा रिसईबी साँधेर छापा हान्ने, अस्पताल बन्द गराउन पत्र लेख्ने, आफ्ना चिनजानका प्रहरी हाकिमलाई भनेर दुःख दिने जस्ता काम गरेको आरोप छ ।
सरकारले नियुक्तिमा बिलम्ब गरेकाले पाण्डेले निमित्त रजिष्टारको रुपमा क्षेत्राधिकार बाहिर गएर अस्पतालहरु बन्द गर्नेदेखि प्रहरीलाई पत्र लेखेर दुःख दिएको आरोप छ ।
एमालेको कोटामा मेडिकल काउन्सिलको उपाध्यक्ष भएका डा. कुन्जाङ शेर्पाको सहयोग र आडभरोसामा डा. पाण्डेले निमित्त रजिष्टार भएपछि क्षेत्राधिकार बाहिर गएर काम गरेको आरोप लाग्दैआएको छ ।
डा. कुन्जाङ शेर्पाकी श्रीमती डा. ओजस्वी शेरचन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति छन् । डा. शेर्पा, एमाले पृष्ठभूमिकै सांसद तोसिमा कार्की, निमित्त रजिष्टारका रुपमा पाण्डेलाई स्वास्थ्य मन्त्री निशा मेहताको भरपूर साथ रहेको स्रोत बताउँछ ।
पाण्डेले निमित्त पाएपछि अनुमति प्राप्त अस्पताललाई दुःख दिने, काउन्सिलबाटै स्वीकृति लिएर काम गरिरहेका बिदेशी चिकित्सकलाई समेत रोक लगाउने काम गरेको आरोप छ । त्यसो त पाण्डे नुवाकोट अस्पतालमा मेसु हुँदा पनि उपकरण खरिदमा अनियमितताको आरोप लागेपछि तानिएका थिए ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको कर्मचारीको सेवाको सर्त र सुबिधासम्बन्धी विनियमावलीका सम्बन्धमा ब्यापक विवाद भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले फिर्ता पठाएको छ । भक्तपुर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend