Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल


    आइतबार, साउन १० २०८३
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् ।

    डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक क्रियाकलाप र भूमिको विश्लेषणपछि प्रधानमन्त्री शाहको टोलीले उनलाई टिमबाट बिदा गर्ने निष्कर्ष निकालेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयमा रहेका खनालमाथि गत १ असारको पासपोर्ट प्रकरणमा गरेको व्यवहार र भूमिकामाथि प्रश्न उठेको थियो । त्यो दिन राहदानी विभागका अधिकारी र अख्तियारका पदाधिकारीसामू उनी निकै चर्को र उग्र रुपमा प्रस्तुत भएका थिए ।

    उनलाई टिममा राखिरहँदा प्रधानमन्त्री र समग्र सचिवालयको छविमा असर पर्ने सामूहिक निष्कर्षपछि जिम्मेवारीबाट अलग गरिएको पत्र दिइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार