काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई भारतीय सेनाको साथ थिएन ।
सेनाले साथ नदिएकाले कक्रोच आन्दोलनमा मृत्यु र देशका भौतिक संरचना खरानी पारिएनन् । तर इजिप्ट, ट्युनिसिया, लिबिया, सिरिया हुँदै श्रीलंकादेखि बंगलादेश र नेपालमा भएको जेनजी आन्दोलनलाई सेनाको पूर्णतया साथ भएकाले मान्छे मारिने र देशका महत्वपूर्ण भौतिक संरचनामा आगजनी भए । नेपालमा त २३–२४ भदौ, २०८२ को जेनजी आन्दोलनमा सिंहदरबारदेखि सर्वोच्च अदालत हुँदै देशभरका प्रशासनिक संरचना आगजनी गरी खरानी बनाइयो ।
सेनाको ब्याकअप नभएकाले भारतमा क्रक्रोच जनता पार्टीको आन्दोलनमा कसैको ज्यान नगएको र देशको भौतिक सम्पत्तिमा आगजनी नभएको दिलनिशानी मगरको धारणा छ । तर इजिप्ट, ट्युनिसिया, लिबिया, सिरियादेखि पछिल्लो समय बंगलादेशसम्म आइपुग्दाका सरकार विरुद्धका आन्दोलन र विद्रोहमा भने पूर्णरूपमा सैनिकको ब्याकअप देखिएकाले मान्छे मारिनुका साथै आगजनी भएको मगरले लेखेका छन् ।
सेनाको ब्याकअपविना घरमा ग्यास बालेर चिया पकाउन समेत नजान्ने सामान्य युवाले एकदमै प्रोफेसनल तरिकाले आगजनी गर्न नसक्ने दिलनिशानीले लेखेका छन् ।
सामाजिक संजालमा निरन्तर खरो राजनीतिक टिप्पणी लेख्दै आएका मगर लेख्छन्–‘भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एकजना पनि जेन्जी आन्दोलनकारी गोली लागेर मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड पनि भएन । किनभने आन्दोलनकारीहरूलाई भारतीय सैनिकको कुनै ब्याकअप थिएन । अरब स्प्रिङको समयमा इजिप्ट, ट्युनिसिया, लिबिया, सिरिया देखि पछिल्लो समय बंगलादेशसम्म आईपुग्दाका सरकार विरुद्धका आन्दोलन र विद्रोहमा भने पूर्णरूपमा सैनिकको ब्याकअप देखिन्छ।
किनभने घरमा ग्यास बालेर चिया पकाउन समेत नजान्ने सामान्य युवाले एकदमै प्रोफेसनल तरिकाले आगजनी गर्न सक्दैन । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एकजना पनि जेन्जी आन्दोलनकारी गोली लागेर मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड पनि भएन । किनभने आन्दोलनकारीहरूलाई भारतीय सैनिकको कुनै ब्याकअप थिएन ।
अरब स्प्रिङको समयमा इजिप्ट, ट्युनिसिया, लिबिया, सिरिया देखि पछिल्लो समय बंगलादेशसम्म आईपुग्दाका सरकार विरुद्धका आन्दोलन र विद्रोहमा भने पूर्णरूपमा सैनिकको ब्याकअप देखिन्छ । किनभने घरमा ग्यास बालेर चिया पकाउन समेत नजान्ने सामान्य युवाले एकदमै प्रोफेसनल तरिकाले आगजनी गर्न सक्दैन ।’
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend