काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई भारतीय सेनाको साथ थिएन ।
सेनाले साथ नदिएकाले कक्रोच आन्दोलनमा मृत्यु र देशका भौतिक संरचना खरानी पारिएनन् । तर इजिप्ट, ट्युनिसिया, लिबिया, सिरिया हुँदै श्रीलंकादेखि बंगलादेश र नेपालमा भएको जेनजी आन्दोलनलाई सेनाको पूर्णतया साथ भएकाले मान्छे मारिने र देशका महत्वपूर्ण भौतिक संरचनामा आगजनी भए । नेपालमा त २३–२४ भदौ, २०८२ को जेनजी आन्दोलनमा सिंहदरबारदेखि सर्वोच्च अदालत हुँदै देशभरका प्रशासनिक संरचना आगजनी गरी खरानी बनाइयो ।
सेनाको ब्याकअप नभएकाले भारतमा क्रक्रोच जनता पार्टीको आन्दोलनमा कसैको ज्यान नगएको र देशको भौतिक सम्पत्तिमा आगजनी नभएको दिलनिशानी मगरको धारणा छ । तर इजिप्ट, ट्युनिसिया, लिबिया, सिरियादेखि पछिल्लो समय बंगलादेशसम्म आइपुग्दाका सरकार विरुद्धका आन्दोलन र विद्रोहमा भने पूर्णरूपमा सैनिकको ब्याकअप देखिएकाले मान्छे मारिनुका साथै आगजनी भएको मगरले लेखेका छन् ।
सेनाको ब्याकअपविना घरमा ग्यास बालेर चिया पकाउन समेत नजान्ने सामान्य युवाले एकदमै प्रोफेसनल तरिकाले आगजनी गर्न नसक्ने दिलनिशानीले लेखेका छन् ।
सामाजिक संजालमा निरन्तर खरो राजनीतिक टिप्पणी लेख्दै आएका मगर लेख्छन्–‘भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एकजना पनि जेन्जी आन्दोलनकारी गोली लागेर मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड पनि भएन । किनभने आन्दोलनकारीहरूलाई भारतीय सैनिकको कुनै ब्याकअप थिएन । अरब स्प्रिङको समयमा इजिप्ट, ट्युनिसिया, लिबिया, सिरिया देखि पछिल्लो समय बंगलादेशसम्म आईपुग्दाका सरकार विरुद्धका आन्दोलन र विद्रोहमा भने पूर्णरूपमा सैनिकको ब्याकअप देखिन्छ।
किनभने घरमा ग्यास बालेर चिया पकाउन समेत नजान्ने सामान्य युवाले एकदमै प्रोफेसनल तरिकाले आगजनी गर्न सक्दैन । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एकजना पनि जेन्जी आन्दोलनकारी गोली लागेर मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड पनि भएन । किनभने आन्दोलनकारीहरूलाई भारतीय सैनिकको कुनै ब्याकअप थिएन ।
अरब स्प्रिङको समयमा इजिप्ट, ट्युनिसिया, लिबिया, सिरिया देखि पछिल्लो समय बंगलादेशसम्म आईपुग्दाका सरकार विरुद्धका आन्दोलन र विद्रोहमा भने पूर्णरूपमा सैनिकको ब्याकअप देखिन्छ । किनभने घरमा ग्यास बालेर चिया पकाउन समेत नजान्ने सामान्य युवाले एकदमै प्रोफेसनल तरिकाले आगजनी गर्न सक्दैन ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend