Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • लुम्बिनी सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा


    आइतबार, साउन १० २०८३
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् ।

    सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलका नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे ।

    नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आइतबार कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

    लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।

    अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार