डा. रामआधार यादव, डा. सुधा गौतम र डा. श्यामबाबु यादव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागको महानिर्देशकमा १० औं तहका चिकित्सकलाई निमित्त दिएर राखेकी छन् ।
पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई आकर्षक प्याकेज बुझाएर बिभागको निमित्त महानिर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका थिए । कार्यकारी पदबिना टिक्नै नसक्ने स्वभावका श्यामबाबुलाई जेनजी सरकारकी स्वास्थ्य मन्त्री गौतमले पनि निरन्तरता दिएकी छन् ।
अफिसियल सामान खरिदमा सेटिङ गर्न सिपालु यादवले कार्यालयका लागि सामान खरिद गर्दा घरका लागि छुट्टै किन्न लगाउने गरेको आरोप लाग्ने गरेको छ ।बिभागका स्टोर प्रमुखले टाबेलसमेत महानिर्देशकको घरमा पुर्याउनुपरेको गुनासो गर्ने गरेका छन् ।
लेखा र स्टोर प्रमुखलाई हरेक साना साना कुरासमेत ब्यवस्थापन गर्न निर्देशन दिने गरेका महानिर्देशक श्यामबाबुले नयाँ मन्त्रीमा गौतम नियुक्ति भएलगत्तै उनका सम्पर्क सूत्रमार्फत् चाकरी सुरु गरिसकेका थिए । विगतमा स्वास्थ्य मन्त्रालयको सचिव हुँदा समेत सुधाको चाकरी गर्दैआएका श्यामबाबुले अहिले पनि त्यसलाई निरन्तता दिएका कारण महानिर्देशकमा उनको विकल्प नखोजिएको स्रोतको दाबी छ ।
आयुर्वेद क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको बिभागको महानिर्देशक ११ औं तहको आयुर्वेद चिकित्सक हुनुपर्ने ब्यवस्था छ । तर ११ तहका ३ जना कर्मचारीलाई अन्यत्रै राखेर १० औं तहका कनिष्ट श्यामबाबुले बिभागको नेतृत्वमा राखिरहनुले मन्त्री र सचिवको स्वार्थ गाँसिएकाले हो भन्ने स्पष्ट हुन्छ ।
११ औं तहका डा. बासुदेव उपाध्याय ३ जनामध्ये बरिष्ठ हुन् । उनी अहिले आयुर्वेद अस्पताल नरदेवीको प्रमुख छन् । अर्का ११ औं तहका आयुर्वेद चिकित्सक रामआधार यादवलाई स्वास्थ्य मन्त्रालयको अतिरिक्त समूहमा हाजिर गराएर विनाजिम्मेवारी राखिएको छ । डा. प्रदीप केसी सिंहदरबार बैद्यखाना बिकास समितिको कार्यकारी निर्देशक छन् ।
बरिष्ठ र ११ औं तहका चिकित्सकलाई विनाजिम्मेवारी मन्त्रालयमा हाजिर गराएर राखिएपछि सुमनराज अर्यालकोमा समेत यो बिषय पुगिसकेको छ ।मन्त्रालयको नेतृत्वले यसबारेमा चासो नराखेपछि प्रधानमन्त्री कार्यालयले समेत आयुर्वेद बिभागको नेतृत्वको बिषयलाई लिएर आन्तरिक छलफल गरिरहेको बुझिएको छ ।
सरकारी सेवाको सम्पूर्ण अवधि स्वास्थ्य मन्त्रालयमै गुजारेर सचिवबाट निबृत्त भएकी डा. सुधा त्यही मन्त्रालयको मन्त्री हुँदा आयुर्वेद बिभाग मात्रै होइन, स्वास्थ्य मन्त्रालयले नै अपेक्षित सुधार हुने आशा राखे पनि मन्त्री गौतमले बिगतको इगो साँधेर निर्णय लिइरहेको बताइन्छ । कनिष्ट र विवादास्पद श्यामबाबु यादवलाई च्याप्दा औषधि ब्यवस्था बिभागमा लामो समयदेखि एकछत्र राज गरिरहेका माफियाको इशारामा चलिरहेका नारायण ढकाल महानिर्देशकमा यथावत रहेको बिषयमा प्रधानमन्त्री कार्यालयले सुक्ष्म ढंगले अध्ययन गरिरहेको छ ।
स्वास्थ्यमा काजैकाज: बालरोग बिशेषज्ञलाई योजनाको जिम्मा, रेडियोलोजिष्टलाई गुणस्तरमा
स्वास्थ्य मन्त्रालयको बेथिति कतिसम्म छ भने महाशाखा प्रमुखहरु बर्षौंदेखि काजमा राखिएको छ । पब्लिक हेल्थ समूहको दरबन्दीमा पेडियाट्रिक समूहकालाई काजमा महाशाखा प्रमुख राखिएको छ । दरबन्दी अनुसारको जनशक्ति पर्याप्त हुँदाहुँदै काजमा अर्कै समूहको प्रमुख राख्नु पनि भ्रष्टाचार नै हो । तर स्वास्थ्य मन्त्रालयमा सचिव देवकोटाको सेटिङमा काजका महाशाखा प्रमुखहरुकै राज चल्दैआएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पब्लिक हेल्थ सर्भिसको दरबन्दी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखमा ४ बर्षदेखि कान्ति बाल अस्पतालका बिशेषज्ञ चिकित्सक डा. कृष्ण पौडेल काजमा कार्यरत छन् । सो पदको जिम्मेवारी लिने योग्यता पुगेका पब्लिक हेल्थका दर्जनौं चिकित्सक हुँदाहुँदै उनलाई काजमा राखिएको छ ।
मन्त्रालयमा दरबन्दी अनुसारको महाशाखा प्रमुख नराखी कान्ति बाल अस्पतालका एक विशेषज्ञ चिकित्सकलाई काजमा ४ बर्षदेखि राख्नु एकातिर निजामती सेवा नियमावलीबिपरीत हो । अर्कोतिर बिरामीलाई एक बिशेषज्ञ चिकित्सकको सेवाबाट बिमुख गराउनु पनि हो । ३ महिनाभन्दा बढी काजमा राख्न पाइँदैन ।
त्यस्तै, जनरल हेल्थ सर्भिसको दरबन्दी हुनुपर्ने स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुखमा वीर अस्पतालका रेडियोलोजिष्ट डा. सरोज शर्मा छन् । उनी पनि १ बर्षभन्दा बढी समयदेखि महाशाखा प्रमुख छन् ।
त्यसैगरी, नरदेवी आयुर्वेद अस्पतालमा दरबन्दी भएका आयुर्वेद चिकित्सक पुष्पराज पौडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सचिव बिकास देवकोटाले मन्त्रालयमा सरुवादेखि ठेक्कापट्टाको बिचौलियाका रुपमा परिचालन गरेको आरोप छ । उनी स्वास्थ्य मन्त्रालयमा काजमा बसेको ५ बर्ष भइसकेको छ । जनसंख्यातर्फका सचिव डिल्लीराम शर्माले कर्मचारी प्रशासन हेर्ने भनिए पनि सबै हालीमुहाली बिकास देवकोटाकै रहँदैआएको छ ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend