Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमबीएसको प्रश्न पत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति


    आइतबार, साउन १० २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।

    परीक्षाको प्रश्न पत्र परीक्षा अगावै सामाजिक सञ्जालमा बाहिरिएको विषय सार्वजनिक भएपछि घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

    साउन १० गते बसेको व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको बैठकले प्रश्न पत्र बाहिरिनुको वास्तविकता, गैर कानुनी कार्यमा संलग्न व्यक्तिहरू र दोषीमाथि आवश्यक कानुनी कारबाहीको सिफारिस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार