Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?


    आइतबार, साउन १० २०८३
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ।

    नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उनको कार्यक्रम थियो। विशेष आन्तरिक तथा प्राविधिक कारणले गर्दा भ्रमण स्थगित भएको जनाइएको छ।

    थापा शनिबार नै भारत जाने तयारीमा थिए। पछि भ्रमणको तालिका परिवर्तन गर्दै आइतबारका लागि सारिएको थियो। तर उनी आइतबार पनि भारत नजाने भएका छन् ।

    भारतको नयाँ दिल्लीमा नेपाली काँग्रेसको जनसम्पर्क समितिले अधिवेशन आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई औपचारिक निमन्त्रणा गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार