Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रमेश लेखकका सर्वाधिक प्रिय सीडीओ गणेश अर्याल, नयाँ गृहमन्त्रीसँग पनि नाता जोड्दै


    बिहिबार, असोज २ २०८२
    2.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौैं । मुख्यसचिव एकनारायण अर्यालदेखि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, निवर्तमान गृहमन्त्री रमेश लेखक र एमाले उपाध्यक्ष बिष्णु पौडेलका विश्वासपात्र भएकै कारण पटक–पटक आकर्षक जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदैआएका सहसचिव गणेश अर्याल ओमप्रकाश अर्याल गृहमन्त्री भएपछि दाजुभाइको नाता लगाएरै लाभ लिने दाउमा छन् ।

    सहसचिव अर्याल  लगातार रुपन्देही, पर्सा र चितवनजस्ता क बर्गका जिल्लामा कार्यबिधि बिपरीत सरुवा हुने सहसचिव हुन् । गृहमा लगातार तीन वटा क बर्गका जिल्लामा सीडीओ हुने अवसर पाउने अर्याल हुन् । त्यसपछि बासुदेव घिमिरे र भरतमणि पाण्डे हुन् । पाण्डे पछिल्ला दिनमा गृहमन्त्रालयबाटै बाहिरिसकेका छन् ।

    पछिल्लो पटक लेखक र मुख्यसचिव एकनारायण अर्यालले गएको भदौ ४ गते गणेशलाई क वर्गको पर्सा जिल्लाबाट अर्को क वर्गको चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेका छन् ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका बिभिन्न जिल्लाका ४८ एसपीको सरुवा गरेका छन् । अब सीडीओ पनि सरुवा हुँदैछन् । सीडीओ सरुवामा गणेश अर्याल गृहमन्त्री दाजुभाइ भएकोले आफू चितवनमै थमौती हुने वा काठमाडौंमा आउने दाउमा छन् । सहसचिव गणेश अर्यालको पहाड घर गुल्मी हो । गृहमन्त्री ओमप्रकाश अर्यालको घर पनि गुल्मी नै भएकाले उनी दाजुभाइको नाता लगाएर अझ आकर्षक जिल्ला जाने दाउमा छन् ।

    गणेश अर्यालले कांग्रेस र मुख्यसचिवको आशीर्वाद पाएकैले पर्साको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएको १५ दिनमै चितवनको सीडीओ हुने मौका पाएका थिए । चितवनसमेत गणेश अर्याल लगातार तेस्रो क बर्गको सीडीओ हुने सहसचिवका रुपमा गृहमन्त्रालयमा चिनिन्छन् ।

    पर्सामा भन्दा पहिला उनी रुपन्देहीको प्रमुख जिल्ला अधिकारी थिए । रुपन्देहीबाट पर्सा, पर्साबाट चितवनमा सरुवा हुने गृहका अति भाग्यमानीमा उनी पर्दछन् । उनी रुपन्देहीबाट काठमाडौं वा ललितपुर आउने दाउमा थिए । मुख्यसचिव अर्यालले त मिलाइसकेका थिए । तर पछि उनको सरुवा पर्सामा भएको थियो । पर्सामा हुँदा मेयर राजेशमान सिंहले सहयोग नगरेको भन्दै उनले सार्वजनिक बिरोध गरेको बिषय निकै आलोचित भएको थियो । रुपन्देहीमा हुँदा पनि अस्पतालमा भएको बिरामको मृत्युप्रकरणमा उनी विवादमा परेका थिए ।

    गृहमन्त्रालयले अर्याललाई ‘प्रमुख जिल्ला अधिकारी पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० बिपरीत ‘क’ बर्गको जिल्लाबाट ‘क’बर्गकै चितवनमा खटाएको थियो ।

    कार्यविधिमा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउँदा ‘ख’ र ‘ग’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेको प्रथम श्रेणीको अधिकृतलाई खटाउने प्रावधान छ । ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकालाई ‘ख’ वर्ग वा मन्त्रालयका महाशाखा वा विभागमा जिम्मेवारी दिने कार्यविधिमा उल्लेख छ ।

    अधिकृत हुँदै अकूत सम्पत्ति आर्जनमा मुद्दा

    गणेश अर्यालमाथि शाखा अधिकृत हुँदै भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    तत्कालीन श्रम तथा बैदेशिक रोजगार बिभाग (हाल बैदेशिक रोजगार बिभाग) मा हुँदा उनले श्रम स्वीकृति दिने क्रममा ब्यवसायीसँग घुस लिई अकूत सम्पत्ति आर्जन गरेकोमा अख्तियारले मुद्दा चलाएको थियो । अर्यालले बहिनी गीता खरेलको नाममा सम्पत्ति राखेको भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो ।

    सूर्यनाथ उपाध्याय अख्तियार प्रमुख हुँदा अर्यालबिरुद्ध मुद्दा दर्ता भएको थियो । विशेषबाट मुद्दा जितेपछि उनी एकपछि अर्को शक्तिकेन्द्रलाई प्रभावमा पारी आकर्षक जिल्लामा सरुवा भई आर्थिक लाभमा तल्लीन भएर लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार