काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भर्चुअल भोटिङमार्फत् मन्त्री छनो गरी आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।
शुक्रबार राति प्रधानमन्त्रीको शपथग्रहण गरेकी कार्कीले आवश्यक छलफलपछि प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी हुन् ।
जेनजी पुस्ताको भोटिङमार्फत् प्रधानमन्त्री बनेकी कार्कीले मन्त्री छनोट प्रक्रियामा पनि उही अभ्यास गर्ने तयारी भइरहेको बुझिएको छ । राजनीतिक दलका सिफारिसभन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाउने चर्चा चुलिएको छ ।
मन्त्रीका लागि ऊर्जा क्षेत्रका प्राविधिक विज्ञ कुलमान घिसिङ र संवैधानिक कानुनविद् ओमप्रकाश अर्यालका नाम चर्चामा आएका छन् । नेपाली सेनाका पूर्वजर्नेल बालानन्द शर्मा पनि मन्त्रीको सूचीमा चर्चामा छन् ।
काठमाडौंका मेयर बालेन साहका सल्लाहकार तथा जेनजीले वार्तामा खटाएका कानुन ब्यवसायी ओमप्रकाश अर्याल भने मन्त्री बन्ने लगभग निश्चित छ । जेन–जी समूहले शनिबार बिहानैदेखि मन्त्रीको छनोटका लागि भोटिङ गरिरहेका छन् । दुर्गा प्रसाईंले पनि आफ्नोतर्फबाट मन्त्रीमा २ वटा कोटा मागेका छन् ।
जेनजीले भने भोटिङ प्रक्रियाबाटै आएकालाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।
आइतबारै प्रारम्भिक स्वरूपमा मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ । साथै प्रधानमन्त्री कार्कीले आजै पदभार ग्रहण गर्दै छिन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend