काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भर्चुअल भोटिङमार्फत् मन्त्री छनो गरी आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।
शुक्रबार राति प्रधानमन्त्रीको शपथग्रहण गरेकी कार्कीले आवश्यक छलफलपछि प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी हुन् ।
जेनजी पुस्ताको भोटिङमार्फत् प्रधानमन्त्री बनेकी कार्कीले मन्त्री छनोट प्रक्रियामा पनि उही अभ्यास गर्ने तयारी भइरहेको बुझिएको छ । राजनीतिक दलका सिफारिसभन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाउने चर्चा चुलिएको छ ।
मन्त्रीका लागि ऊर्जा क्षेत्रका प्राविधिक विज्ञ कुलमान घिसिङ र संवैधानिक कानुनविद् ओमप्रकाश अर्यालका नाम चर्चामा आएका छन् । नेपाली सेनाका पूर्वजर्नेल बालानन्द शर्मा पनि मन्त्रीको सूचीमा चर्चामा छन् ।
काठमाडौंका मेयर बालेन साहका सल्लाहकार तथा जेनजीले वार्तामा खटाएका कानुन ब्यवसायी ओमप्रकाश अर्याल भने मन्त्री बन्ने लगभग निश्चित छ । जेन–जी समूहले शनिबार बिहानैदेखि मन्त्रीको छनोटका लागि भोटिङ गरिरहेका छन् । दुर्गा प्रसाईंले पनि आफ्नोतर्फबाट मन्त्रीमा २ वटा कोटा मागेका छन् ।
जेनजीले भने भोटिङ प्रक्रियाबाटै आएकालाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।
आइतबारै प्रारम्भिक स्वरूपमा मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ । साथै प्रधानमन्त्री कार्कीले आजै पदभार ग्रहण गर्दै छिन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend