काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई एमालेको संज्ञा दिएका ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले देशमा ‘विधिको शासन’ कमजोर बन्दै गएको दाबी गर्दै गृह प्रशासन र सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले केही व्यक्तिहरूले सार्वजनिक रूपमा समाजलाई बिग्रहमा लैजाने, भड्काउने र हिंसा उक्साउने अभिव्यक्ति दिँदै हिँड्दा समेत सरकारले टुलुटुलु हेरेर बसिरहेको आरोप लगाएका हुन् ।
गुरुङले दुर्गा प्रसाईँले आफ्नै नागरिकताको मिति सम्बन्धी गलत तथ्य प्रस्तुत गर्दै आफूलाई बदनाम गर्ने प्रयास गरे पनि वर्तमान अवस्थामा प्रसाईँभन्दा अझ गम्भीर उक्साउने अभिव्यक्ति दिने शक्तिशाली व्यक्तिहरूलाई नछोएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘शान्तिपूर्ण रूपमा सडकमा उभिएका युवाहरूको टाउकोमा तक्मा राखेर गोली चलाउनेहरू मुक्त हिँडिरहेका छन्। त्यस्ता व्यक्तिमाथि गृह मन्त्रालयले त्यही कठोरता देखाउन सकेन ।’
गुरुङले आफूलाई ‘संविधानविद्’ भनेर चिनाउने व्यक्तिहरूले साना नागरिकलाई कानून लागू गरिने तर शक्तिशालीलाई छूट हुने प्रवृत्तिलाई संस्थागत गरिरहेको आरोप पनि लगाए ।
उनले प्रश्न गरे, ‘संविधानको कुन धारा भन्छ— ‘सानालाई ऐन, ठूलाीलाई चैन’? यदि विधिको शासन कार्यान्वयन हुनै नसक्ने हो भने पुरानो शासन र नयाँ शासनबीच के फरक रह्यो ?’
उनका अनुसार देशभरका हजारौं युवाले गरेको आन्दोलन, बलिदान र त्यागको सम्मान नगरी शक्तिको आडमा युवामाथि कारबाही थोपर्ने प्रवृत्ति अन्यायपूर्ण छ ।
उनले भने, ‘गृहमन्त्री आफैले युवाहरूलाई न्याय दिन्छु भन्थे । आज त्यही कुर्सीको आडमा उनीहरूलाई अपराधी साबित गर्न छानबिनको प्रतिवेदन कुरिनु पर्ने रहेनछ । तर शक्तिशाली व्यक्तिहरू भने खुलेआम ‘लोप्पा’ खुवाउँदै हिँडिरहेका छन् ।’
गुरुङका अनुसार मृतक तथा घाइते युवाहरूका परिवारले खोजिरहेको न्याय, सत्यको छानबिन र सबै नागरिकलाई समान व्यवहारको प्रत्याभूति बिना देशमा कुनै पनि प्रकारको निर्वाचन सम्भव छैन ।
उनले भने, ‘न्याय सुनिश्चित नभएसम्म जनताको विश्वास फर्किँदैन, र विश्वास बिना लोकतान्त्रिक निर्वाचनको वातावरण बन्नै सक्दैन।’ उनी गृहमन्त्री ओमप्रकाश अर्यालमाथि बेलाबेला खनिँदै आएका छन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend