Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • गृहमन्त्री अर्यालले झुटो बोले, पूर्व ऊर्जामन्त्री खड्का जलेको घरबाट सार्वजनिक


    सोमबार, कार्तिक ३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जामन्त्री दीपक खड्का अमेरिका भागेको भनेर झुटो बोलेको पुष्टि भएको छ ।

    जेनजी प्रदर्शनका क्रममा गएको भदौ २४ गते जलाइएको बुढानीलकन्ठस्थित घरबाट सोमबार बिहान पूर्व ऊर्जामन्त्री खड्का अमेरिका भागेको अभिब्यक्ति दिएका थिए । खड्का बिदेश गएको समाचार केही अनलाइनले सार्वजनिक गरेपछि गृहमन्त्री अर्यालले पुष्टि नगरी हचुवाका भरमा उनी बिदेश गएको अभिब्यक्ति दिएका थिए ।

    अर्यालले आइतबार सार्वजनिक रुपमा खड्का विदेश भागेको अभिब्यक्ति दिएका थिए । गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेका अर्यालले खड्का स्वदेशमै भइरहेको बेला भागेको भनेर सार्वजनिक अभिब्यक्ति दिनुले उनी कतिसम्म हचुवाका भरमा बोल्छन् भन्ने देखाएको छ ।

    राज्यसँग पूर्वमन्त्री बिदेश गएको सूचना हुन्छ, तर बुझ्दै नबुझी गृहमन्त्रीले नै झुटो बोल्दा समाजमा त्यसले असर पार्नसक्छ । जेनजी समूहको प्रदर्शनपछि काठमाडौं महानगरका मेयर बालेन साहका कानुनी सल्लाहकार अर्याल गृहमन्त्री भएका थिए । जेनजीको नेतृत्वमा रहस्यमय रुपमा खडा गरिएका सुदन गुरुङको तर्फबाट राष्ट्रपति कार्यालयमा वार्तामा पनि अर्याल नै सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार