काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते देशका बिभिन्न कारागारमा आगजनी गरी भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन र लुटिएका हतियार फिर्ता लिन विशेष अपरेसन चलाउने बताएका छन् ।
उनले लुटिएका हतियार फिर्ता गर्न र भागेका कैदीबन्दीलाई कारागारमा फर्कन पटक–पटक गरेको आग्रहलाई अटेर गरिएकाले अब सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका हुन् ।
शनिबार काठमाडौंमा उद्योग बाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै मन्त्री अर्यालले उक्त अपरेशन सफल बनाउन नागरिकस्तरबाट पनि सहयोगको अपेक्षा गरिएको सुनाए ।
गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा १४ हजार ५४९ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५२१ जना (६५ प्रतिशत) फिर्ता भइसकेको बताए । उनले ५ हजार १०५ जना (३५ प्रतिशत) अझै फरार रहेको उनले जानकारी दिएका छन् ।
‘कैदीबन्दीहरु अहिलेसम्म ६५ प्रतिशत फिर्ता भइसकेको र अझै अझै ३५ प्रतिशत बाहिरै छन्,’ मन्त्री अर्यालले भने–‘हतियार र कैदीहरूलाई फिर्ता गर्न हामीले पटक–पटक सूचना निकाल्यौं, तर अझै धेरै बाहिर हुनुहुन्छ । अब उनीहरुलाई फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौं ।’
आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेको र केही जलेको अवस्थामा भेटिएको बताउँदै उनले बाँकी हतियार फिर्ता ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend