यातायात ब्यवस्था कार्यालय चितवनका प्रमुख बिष्णुकुमार भट्टराई र कार्यालय सहयोगी इन्द्रजित गुरुङ
काठमाडौं । यातायात ब्यवस्था कार्यालय भरतपुर, चितवनमा सवारी चालक अनुमतिपत्र लिने नागरिक पाइलैपिच्छे लुटिने गरेको ९ महिनाअघि नै नेपालफेसले उजागर गरेको थियो । १ असोज, २०८१ र ६ असोज २०८२ मा नेपालफेस डटकमले यातायात कार्यालय भरतपुरको सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षाको जिम्मा पाएको ड्राइभिङ सेन्टरबाटै सेटिङ हुने गरेको समाचार प्रकाशित भएको थियो ।
भरतपुर महानगरका सल्लाहकारका सुपुत्रले संचालन गरेको महालक्ष्मी ड्राइभिङ सेन्टरबाटै फेल भएका परीक्षार्थीहरुलाई मोटरसाइकल र गाडीको लाइसेन्स सेटिङमा मिलाउने गरिएको बिषयमा नेपालफेसले समाचार लेखेको थियो । महालक्ष्मी ड्राइभिङ सेन्टरले लाइसेन्स ग्यारेन्टी भनेर बिज्ञापन गरेको छ । लाइसेन्स ग्यारेन्टी भनेर विज्ञापन गरेपछि सेवाग्राही जाने नै भए ।
लाइसेन्स ग्यारेन्टी भनेको अर्थ सेटिङ रहेछ भन्ने कुरा त शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महालक्ष्मी ड्राइभिङ सेन्टरसहित ३ वटा ड्राइभिङ सेन्टरको मिलेमतोमा १५ हजारदेखि २५ हजार घुस लिएर ट्रायल फेल भएका सेवाग्राहीलाई लाइसेन्स दिने गरेको आरोपमा एक कर्मचारी र एक बिचौलियालाई पक्राउ गरेबाटै खुलेको छ ।
भरतपुर यातायात कर्यालयले महालक्ष्मी ड्राइभिङ सेन्टरमा सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा लिने गर्दछ । महालक्ष्मीले निःशुल्क रुपमा ट्रायल सेन्टर संचालनका लागि ठाउँ दिएको त यस्तै कर्मचारीसँग सेटिङबाट हुने दैनिक लाखौं नै रहेछ भन्ने भेद त अख्तियारको स्टीङ अप्रेसनबाट खुलासा भएको छ ।
यातायात कार्यालय भरतपुर, चितवनमा खुलेदेखि नै महालक्ष्मी ड्राइभिङ सेन्टरले कार्यालय प्रमुख र कर्मचारीसँग मिलेर सेटिङमा परीक्षामा फेल भएकाहरुलाई लाइसेन्स दिने धन्दा गर्दैआएका छन् ।
ट्रायलमा फेल भएकाहरुलाई लाइसेन्सको सेटिङमा यातायात कार्यालय चितवनका कार्यालय प्रमुख बिष्णकुमार भट्टराईकै मुख्य भूमिका रहेको छ । कार्यालयमा प्रायः नबस्ने र बाहिरै ड्राइभिङ सेन्टरका संचालकहरुबाट गोटा गनेर घुस बुझ्ने गरेको आरोप भट्टराईमाथि लाग्ने गरेको छ । कार्यालय सहयोगी इन्द्रजित गुरुङमार्फत् फेल भएकाहरुको दररेट अनुसार घुस बुझ्ने गरेको आरोप छ ।
कार्यालय सहयोगी गुरुङको पटक पटक सरुवा भए पनि उनी कहिल्यै पनि खटाएको ठाउँमा जाँदैनन् । पछिल्लो पटक उनको सरुवा बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयमा भएको थियो । तर उनी त्यहाँ नगई चितवन यातायातमै हालीमुहाली गरिरहेका छन् । कार्यालय सहयोगीको काम चिया पकाउने, कुचो लाउने हो, तर गुरुङ सधैं महालक्ष्मी ड्राइभिङ र कुमार ड्राइभिङका संचालकहरुसँग ट्रायलमा फेल भएकाहरुलाई पास गराउने र दैनिक लाखौं घुस लिने सेटिङमा मात्र तल्लीन हुने गरेका छन् ।
ड्राइभिङ सेन्टर संघका अध्यक्षसमेत रहेका गुरुङ ड्राइभिङ सेन्टरका संचालक राजकुमार गुरुङ र कुमार ड्राइभिङ सेन्टरका राजाराम परियारको समेत कार्यालय सहयोगी गुरुङ र कार्यालय प्रमुख भट्टराईसँग सेटिङ चल्दैआएको छ । परियारले कांग्रेसका शीषैनेताको नाम लिंदै लाइसेन्समा सेटिङ धन्दा चलाउँदैआएका छन् ।
चितवन यातायात खुलेको छोटो समयमै कार्यालय सहयोगी गुरुङले भरतपुर महानगरपालिका ११, कैलाशटोलमा १ कट्ठा जग्गामा आलिशान बंगला किनेका छन् । इच्छाकामना गाउँपालिकाका गुरुङले दैनिक लाखौं घुस महालक्ष्मी लगायतका ड्राइभिङ सेन्टरबाट संकलन गरी हाकिम भट्टराईलाई ७५ प्रतिशत दिने, बाँकी केही कर्मचारीलाई मिलाएर लिने गरेका थिए ।
कार्यालय प्रमुख बिष्णकुमार भट्टराई जागिर खाएदेखि सधैं यातायातमा रजगज गरी अकूत सम्पत्ति आर्जन गर्ने उपसचिव हुन् । उनी यसअघि यातायात कार्यालय चाहविलको ३ बर्ष कार्यालय प्रमुख हुँदा पनि लाइसेन्समा अनियमितता गरेको आरोपमा अख्तियारको छानबिनमा परेका थिए । अधिकृत दिल पौडेल र भट्टराईको मिलेमतोमा चाहविल यातायातबाट सेटिङमा लाइसेन्स दिएकोबारेमा नेपालफेसले नै पटक पटक समाचार लेखेको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलाका आफन्त पर्ने भट्टराई उनको आडमा सधैं दैनिक लाख कमाउने यातायात कार्यालयमा सरुवा हुने उपसचिवमा पर्दछन् । अवकाश हुन केही बर्षमात्र बाँकी भएका उनी चितवनमा पनि दैनिक लाख भन्दा बढी घुस लिंदै फेल भएकालाई लाइसेन्स दिने नाइके हुन् । झन्डै २ लाख रुपैयाँ घुस त शुक्रबार नै कार्यालय सहयोगी गुरुङको कार्यकक्षबाट अख्तियारले बरामद गरेको छ ।
अख्तियारले उनको ल्यापटप, मोवाइल जफत गरे पनि यातायातमै जागिरका अधिकांश समय बिताएका उनले घुस लिंदा नोटमै लिने र कार्यालय सहयोगी गुरुङबाट बुझ्ने भएकाले केही भेटिने संभावना कम रहेको स्रोत बताउँछ । भट्टराईको बारेमा जानकार भन्छन्–यातायातमा दैनिक लाख भन्दा बढी घुस खाने अड्डामा मात्र कार्यरत उनको आफन्तका नाममा लुकाएको अकूत सम्पत्ति समेत अख्तियारले छानबिन गर्नुपर्छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend