Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर यातायातमा मनपरी, जेलका नाइकेदेखि सीडीओ, मुख्यमन्त्रीसम्म घुसको भागबण्डा


    मंगलबार, असोज १ २०८१
    3.9K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । यातायात ब्यवस्था कार्यालय भरतपुर, चितवनमा सवारी चालक अनुमतिपत्र लिने नागरिक पाइलैपिच्छे लुटिने गरेका छन् । ट्रायल परीक्षाका लागि छनोट गरिएको ड्राइभिङ सेन्टरदेखि स्वास्थ्य परीक्षणमा पनि सेवा लिन जाने नागरिकहरु मनपरी शुल्क तिर्न बाध्य छन् ।

    ट्रायल सेन्टरका लागि ड्राइभिङ इन्ष्टिच्यूट छनोट गर्दा र मेडिकल गराउनका लागि संस्था छनोट गर्दा बोलपत्रका माध्यमबाट गराउनुपर्ने ब्यवस्था छ । तर बोलपत्र नगरी ड्राइभिङ सेन्टर छनोट गरिएको छ । जसले ट्रायल परीक्षा दिने परीक्षार्थीबाट मनपरी शुल्क असुल्दैआएको छ । यातायात कार्यालय भरतपुरले ट्रायल परीक्षाको जिम्मा महालक्ष्मी ट्रायल सेन्टरलाई दिएको छ ।

    त्यसैगरी भरतपुर यातायात कार्यालयमा लाइसेन्सका लागि निवेदन दिनेहरु लुटिने अर्को ठाउँ हो स्वास्थ्य परीक्षण । भरतपुर यातायातमा परीक्षा दिनका लागि सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्ने १२ वटा फर्म छन् । यी फर्मले एक आवेदक बराबर ३ सय ५० रुपैयाँ स्वास्थ्य परीक्षणबापत लिने गरेका छन् । जबकि स्वास्थ्य परीक्षण गराउँदा अरु यातायात कार्यालयमा बढीमा निकै कम शुल्क तिर्नुपर्छ । कतिपय कार्यालयमा बढीमा १ सय ७५ रुपैयाँ मात्र तिर्नुपर्छ । भरतपुर यातायात कार्यालयमा लाइसेन्सका लागि आवेदन दिनेहरुको स्वास्थ्य परीक्षण गर्ने १२ वटा संस्थाहरु छन् ।

    त्यसैगरी गुरुङ ड्राइभिङ सेन्टरका राजकुमार गुरुङ, कुमार ड्राइभिङ  सेन्टरका राजाराम परियार, जनता डा«इभिङ सेन्टर, क्रियस ड्राइभिङ सेन्टर छन् । जेलभित्र बन्दी जीवन बिताइरहेका चौकीदार कीर्तन राजभण्डारीको लगानीमा राजेन्द्र श्रेष्ठको पनि स्वास्थ्य परीक्षण गर्ने सेन्टर छ । स्व. शिव पौडेलका भाइ गोपी पौडेलको हत्यामा संलग्न रहेर भर्खरै जेलमुक्त भएका सुनिल केसी र हरि भण्डारीले पनि स्वास्थ्य परीक्षण गर्ने संस्था चलाउँदैआएका छन् ।

    भरतपुर यातायात कार्यालयमाा लाइसेन्सका लागि दैनिक औसत ५ सय जनाले आवेदन दिने गरेका छन् । प्रतिआवेदक ३ सय ५० रुपैयाँ दरले स्वास्थ्य परीक्षणबापत मात्र दिनको १ लाख ७५ हजार रुपैयाँ सेवाग्राहीबाट असुलिने गरिएको छ । यस हिसाबले मासिक करिब ५० लाख रुपैयाँ स्वास्थ्य परीक्षणबाट मात्र उठ्ने गरेको छ । यसरी सेवाग्राहीबाट स्वास्थ्य परीक्षबापत मात्रै मासिक ५० लाख असुल्ने क्रम विगत डेढ बर्षदेखि चलिरहेको छ ।

    ट्रायल सेन्टरदेखि स्वास्थ्य परीक्षण विना प्रतिस्पर्धा संचालन गर्ने र बोलपत्र हुनै नदिनेगरी सेटिङ गरिएको छ । जुन सेटिङको कमिसनको हिस्सा चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रदेशका श्रम तथा यातायात मन्त्री हुँदै मुख्यमन्त्रीसम्म पुग्ने गरेको छ । सोही कारण डेढ बर्षदेखि विनाटेण्डर स्वास्थ्य परीक्षण गर्ने र ट्रायल सेन्टरलाई आफूखुसी पैसा उठाउने छुट दिएका छन् ।

    अदालतले निःशुल्क कबोल गर्नेलाई दिनु भन्ने आदेश दियो र यातायात कार्यालय भरतपुरसँग सम्झौता गरी संचालनमा आएको हो । आजसम्म ट्रायलको १ पैसा पनि लिएको छैन र लिने छैनौं पनि । सिकेको शुल्क लिन्छौं र लिइरहेका छौं ।

    मेडिकलमा १२ भाइ, रसिद एउटै कम्पनीको

    लाइसेन्सको मेडिकल गर्ने १२ संस्था छन् । स्वास्थ्य परीक्षण रिपोर्टमा सही गर्नेमा भरतपुर अस्पतालमा कार्यरत सुमन पौडेलसहित ३ जना डाक्टर छन् । मेडिकलमा १२ वटा संस्था भए पनि एउटै कम्पनीको बिलप्याडमा बिल काटिने गरेको छ । १२ वटामा जसले जति जनाको स्वास्थ्य परीक्षण गरे पनि दैनिक संकलन हुने रकमको भागबण्डा बराबर लाग्ने गरेको छ । सबैको भागमा बराबर आम्दानी हुन्छ ।

    स्वास्थ्य परीक्षण गराउने पहिला ७–८ जना थिए, पछि थपिंदैै १२ जना पुगेका छन् । जसले थर्काउन सक्यो, पोल खोलिदिने धम्की दियो, उसलाई पनि स्वास्थ्य परीक्षण गराउन दिने गर्दा संस्था थपिएर १२ पुगेको छ । जो पहुँचवाला छैन, कम दरमा लाइसेन्स लिने सेवाग्राहीको मेडिकल गर्छु भन्यो भने उसलाई स्वास्थ्य परीक्षण गर्न दिइँदैन ।

    सिन्डिकेटले रोक लगाउँछ । काभ्रेमा १ सयदेखि १७५ मा मेडिकल भइरहेको छ । यसअघिका प्रमुख जिल्ला अधिकारीले टेण्डर गरेर ट्रायल सेन्टर र स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट गर्न खोज्दा यिनै १२ भाइको सेटिङमा सून्य दरमा ३० वटा संस्थाले बोलपत्र पेश गरेपछि रद्द गरिएको थियो । ३१ वटा संस्थाले सून्य दरमा बोलपत्र पेश गरेर बदर गराउने नियतले नै मिलेमतोमा गरिएको खुलासा भएको छ ।

    बागमती प्रदेशको ट्रायल सेन्टरदेखि स्वास्थ्य परीक्षणमा सेवाग्राहीसँग पाइलैपिच्छे बम्हलुट गरेको रकमको भागबण्डा यातायात कार्यालय भरतपुरका प्रमुख पदमप्रसाद बजगाई, चितवनका प्रमुख जिल्ला अधिकारी, एसपी, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनदेखि मुख्यमन्त्री बहादुरसिंह लामाको नाममा पनि कमिसन छुट्टिने गरेको छ ।

    स्वास्थ्य परीक्षणमा भएको यस्तो बेथिति र ब्रम्हलुटका बारेमा यातायात कार्यालय भरतपुरका कार्यालय प्रमुख पदमप्रसाद बजगाईसँग प्रतिक्रियाका लिने प्रयाुस गरेका थियौं । तर पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

    महालक्ष्मी ट्रायल सेन्टरको खण्डन : ट्रायल सेन्टर प्रतिस्पर्धा गरेरै निःशुल्क संचालन गरिरहेका छौं, स्वास्थ्य परीक्षणमा हाम्रो संलग्नता छैन

    नेपाल फेसडटकमा ट्रायल सेन्टर विना प्रतिस्पर्धा संचालन हुँदैआएको समाचार सत्य नभएको मेयर दाहालको सचिवालयमा कार्यरत सुरेशचन्द्र अधिकारीले बताएका छन् ।  प्रतिस्पर्धा भएरै ट्रायल सेन्टर संचालन हुँदैआएको छ । चार वटा कम्पनी प्रतिस्पर्धामा सहभागी थिए । महालक्षमी ट्रायल सेन्टरले ट्रायल निःशुल्क रुपमा ट्रायल सेन्टर संचालन अनुमति पाएको हो । त्यसमा पनि शुल्क लिएर संचालन गर्ने केही कम्पनी अदालत गएर दुःख दिए ।  समाचारमा मेडिकलमा १२ भाइमा महालक्षमी ट्रल सेन्टरलाई १ भाग जान्छ भन्नुभएको रहेछ आजका दिनसम्म १ पैसा पनि १२ भाइको मेडिकलबाट महालक्षमी ट्रायल सेन्टरलाई आएको छैन र मेडिकलतिर हाम्रो कुनै चासो र सरोकार छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार