काठमाडौं । यातायात ब्यवस्था कार्यालय भरतपुर, चितवनमा सवारी चालक अनुमतिपत्र लिने नागरिक पाइलैपिच्छे लुटिने गरेको समाचार १ असोज, २०८१ मा नेपालफेस डटकमले उजागर गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यातायात कार्यालय भरतपुरका प्रमुख पदमप्रसाद बजगाई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख(एसपी) भावेश रिमाललाई राखेर छलफल गरेका छन् ।
प्रजिअ यादवले बुधबार बोलाएको बैठकमा यातायात कार्यालय भरतपुरबाट प्रदान हुने सेवामा स्वास्थ्य परीक्षणमा भइरहेको ब्रम्हलुट र ट्रायलमा पास गराउने भनेर बिचौलियाको असुलीका रोक्नेबारेमा छलफल भएको थियो । स्वास्थ्य परीक्षणमा भइरहेको मनपरी रोक्न नसकेको र त्यसमा यातायात कार्यालयका प्रमुखदेखि प्रजिअ, एसपी र प्रदेशका यातायात मन्त्री र मुख्यमन्त्रीका नाममा समेत सेटिङले प्रश्रय पाएको बिषयमा समाचार सार्वजनिक हुन थालेको छ । स्वास्थ्य परीक्षणको शुल्क बोलपत्रका माध्यमबाट तोक्नुपर्ने दायित्व यातायात कार्यालयको हो । तर यातायात कार्यालय भरतपुरमा स्वास्थ्य परीक्षणमा ब्रम्हलुट गर्दैआएका १२ भाइले बोलपत्र नै सफल हुन दिएका छैनन् ।
सवारी अनुमतिपत्र (लाइसेन्स) लिनका लागि आवेदन दिने नागरिकहरुलाई स्वास्थ्य परीक्षणका नाममा ३ सय ५० रुपैयाँ लिने गरिएको छ । भरतपुर यातायातमा परीक्षा दिनका लागि सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्ने १२ वटा फर्मका संचालकमध्ये जेलमा भएका गुण्डानाइकेहरु समेत संलग्न रहेका छन् । स्वास्थ्य परीक्षण गराउँदा अन्य यातायात कार्यालयमा निकै कम शुल्क तोकिएको हुन्छ । तर भरतपुर यातायात कार्यालयमा सेवा लिन जाने नागरिकले भने ३ सय ५० दिनुपर्ने बाध्यता छ ।
यसरी स्वास्थ्य परीक्षणका नाममा शुल्क असुली गर्नेमा पहुँचवाला र थर्काउन सक्नेहरु छन् । गुरुङ ड्राइभिङ सेन्टरका राजकुमार गुरुङ, कुमार ड्राइभिङ सेन्टरका राजाराम परियार, जनता ड्राइभिङ सेन्टर, क्रियस ड्राइभिङ सेन्टर, साकार लामा लगायत छन् । जेलभित्र बन्दी जीवन बिताइरहेका चौकीदार कीर्तन राजभण्डारीले समेत थर्काएर राजेन्द्र श्रेष्ठलाई अगाडि सारी स्वास्थ्य परीक्षणको सिन्डिकेटमा राखेका छन् ।
स्व. शिव पौडेलका भाइ गोपी पौडेलको हत्यामा संलग्न रहेर भर्खरै जेलमुक्त भएका सुनिल केसी र हरि भण्डारीले पनि स्वास्थ्य परीक्षण गर्ने संस्था खोलेका छन् । भरतपुर यातायात कार्यालयमाा लाइसेन्सका लागि दैनिक करिब ५ सय सेवाग्राहीले आवेदन दिने गरेका छन् । प्रतिब्यक्ति ३ सय ५० रुपैयाँका दरले स्वास्थ्य परीक्षणबापत मात्र दिनको १ लाख ७५ हजार रुपैयाँ सेवाग्राहीबाट असुलिने गरिएको छ । यस हिसाबले मासिक करिब ५० लाख रुपैयाँ स्वास्थ्य परीक्षणबाट मात्र उठ्ने गरेको छ । यसरी सेवाग्राहीबाट स्वास्थ्य परीक्षबापत मात्रै मासिक ५० लाख असुल्ने क्रम विगत डेढ बर्षदेखि चलिरहेको छ ।
स्वास्थ्य परीक्षणमा १२ भाइको सेटिङ, रसिद एउटै कम्पनीको
लाइसेन्सका लागि निवेदन दिने सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्ने १२ वटा संस्था छन् । स्वास्थ्य परीक्षण रिपोर्टमा हस्ताक्षर गर्ने जिम्मेवारी मुख्यतया भरतपुर अस्पतालमा कार्यरत सुमन पौडेल र अन्य ३ जना चिकित्सक छन् । मेडिकलमा १२ वटा संस्था भए पनि एउटै कम्पनीको बिल काटेर दिने गरिएको छ । १२ वटामा जसले जति जनाको स्वास्थ्य परीक्षण गरे पनि दैनिक संकलन हुने रकमको भागबण्डा बराबर सबैलाई लाग्ने गरेको छ । सबैको भागमा बराबर आम्दानी हुन्छ ।
यातायात कार्याय भरतपुरमा संचालन भएको केही महिनासम्म स्वास्थ्य परीक्षण गराउने पहिला ७–८ जना थिए । पछि थपिंदैै १२ जना पुगेका छन् । जसले थर्काउन सक्यो, उसलाई पनि स्वास्थ्य परीक्षण गराउन दिने गर्दा संस्था थपिएर १२ पुगेका छन् ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend