Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको बिरोध प्रदर्शन रोक्न पोखरामा निषेधाज्ञा जारी


    आइतबार, कार्तिक ४ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

    निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

    रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् भने सहकारी पिडितहरुले पनि पोखरामा प्रदर्शन गर्न शुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार