काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकनो थियो ।
जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो ।
५जनाउपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
अख्तियारले नापी सर्भेक्षक यादवसहित ५ जनालाई २०८०।१०।०९ गते सेवाग्राहीबाट २ लाख ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
त्यस्तै सर्वेक्षक यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाई दिएवापत २ लाख ५० हजार घुस माग गरेकोमा उक्त घुस रकममध्ये जग्गा कित्ताकाट गर्ने गराउने प्रयोजनको लागि एक लाख ५० हजार रुपैयाँ रकम बिचौलिया विनोद अधिकारीलाई लिन लगाई लिएको अनुसन्धानबाट खुलेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend