काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेटको पोको चोरि भएको गुनासो गरेकी छिन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले उक्त्त गुनासो गरेकी हुन् ।
आफन्तहरूकासाथ मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थलमा सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा भेटिएको उनले उल्लेख गरिन् । सांसद प्रसाईंले भनिन्– ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ । तर नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ ।’
उनले सरकारको यस्ता घटनातर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन् । अध्यागमन विभाग र भन्सारका कर्मचारीलाई तालिम दिनुपर्ने अवस्था रहेको बताइन् । भारतबाट काठमाडौँ आउँदा आफूले साडी ल्याएको झोला जबरजस्ती खोतलेको तर आफूभन्दा माथिल्लो तहको सँगै रहेका व्यक्तिले धेरै सामान ल्याएपनि ती व्यक्तिमाथि कुनै जाँच नगरेको उल्लेख गर्दै एयरपोर्टमै यस्तो किन भयो भन्दै प्रश्न गरिन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend