काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित इञ्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सव-इञ्जिनियर हस्तबहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उक्त नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा-सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गर्नुपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेसिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको पाइएको आयोगले जनाएको छ ।
त्यसै गरी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २८ लाख ६२ हजार ४५९ रुपैयाँभन्दा बढी भुक्तानी गरेको अभियोग पत्रमा उल्लेख छ ।
पिताम्बर सारू, महेशसिंह कठायत र हस्तबहादुर मल्लविरुद्ध २८ लाख ६२ हजार ४५९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । त्यसैगरी आयोगले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि सोही बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरेको छ ।
साथै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजरकला कामी र सोही नगरपालिका इञ्जिनियर महेशसिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इस्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएकाले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
यस्तै आयोगले सोही मुद्दामा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कर्ण रावल र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीलाई पनि प्रतिवादी बनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend