काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणले २१ दिनभन्दा बढी विमानस्थलको सिसिटिभी फुटेज नरहेको विषयमा प्रकाशित समाचार प्रति दुःख पोखेको छ।
क्यानका महाप्रवन्धक प्रताप बाबु तिवारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै बजेट अभावका कारण २१ दिनभन्दा धेरै सीसीटिभीको स्टोरेज राख्न नसकिएको गुनासो गरेका छन् । विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोरोनाका कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा वजेट व्यवस्था गर्नु पर्ने भएकोले बजेट उपलब्ध नभएको जनाएको छ ।
क्यानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ५०० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी गराएको छ । सिसिटिभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको अपरेशन तथा सर्वेलेन्स नेपाल प्रहरीले गर्दै आएको पनि क्यानको भनाइ छ ।
अध्यागमन कार्यालय र भन्सार कार्यालयले पनि आ-आफ्नो क्षेत्रमा सिसिटिभी जडान गरी संचालन तथा सर्वेलेन्स कार्य गर्दै आएको क्यानले जनाएको छ । विमानस्थल भित्रको संदिग्ध गतिविधि सम्बन्धमा सूचना दिन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न निकायहरू कार्यारत रहेका छन् ।
‘१६ टीवि क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको हो। सबै सिसिटिभिको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमश बढ्ने क्रममा छ’। क्यानले भनेको छ
‘यस अघि बढीमा २९ दिन सम्म स्टोरेज क्षमता मात्र रहेने गरेकोमा ढिलै भएपनि यो वर्ष स्टोरेज क्षमता विस्तारको कार्य सम्पन्न भई सकेकोले सम्पूर्ण सिसिटिभी क्यामेराको रेकर्ड स्टोरेज ३ महिनाको हुनेछ । भन्सार तथा अध्यागन क्षेत्रमा जडान गरिएको क्यामेराबाट गरिने सर्भिलेन्स तथा तिनको रेकर्ड स्टोरेज तततत निकायलाई नै जानकारी रहन्छ। हाल ५०० को संख्यामा भन्दा बढी सिसिटिभी भएको विमानस्थलमा सामान्य प्राविधिक समस्या आउनु स्वभाविकै देखिन्छ र त्यस्ता समस्याको दैनिक रुपमा नै निराकरण गरिदै आएको छ । पछिल्लो समयमा यस्ता प्राविधिक समस्यामा कमी हुदै आएको छ’ । क्यानले विज्ञप्तिमा भनेको छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend