Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पतनशील पुराना शक्तिलाई बोकेर नयाँ शक्ति बनाउन खोज्दा धोका भयो : डा. भट्टराई


    बिहिबार, कार्तिक ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन् ।

    सामाजिक सञ्जालमार्फत उनले आफूले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता महसुस गरे पनि पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताएका छन् ।

    उनले भनेका छन्– ‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ। परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन। केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका छौँ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार