Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओली सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको हत्या गर्योः डा. बाबुराम भट्टराई


    शनिबार, जेष्ठ १७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या गरेको आरोप लगाएका छन् । साथै, उनले यसको प्रतिवादमा उत्रिन प्रभावित गोर्खा र धादिङका बासिन्दाका आलावा सचेत नागरिकसँग अपिल गरेका छन् ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले शनिबार बिहान सामाजिक सञ्जालमा टिप्पणी पोस्ट गर्दै २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारले घाँटी रेट्न सुरु गरेको र अहिले ओली सरकारले २०८२–०८३ को बजेटमार्फत् त्यसको हत्या गरेको दाबी गरेका हुन् ।

    डा. भट्टराईले देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाका रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ता आफू रहेको भन्दै यो निर्माण नहुनु सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णय भएको बताएका छन् ।

    डा भट्टराईले सामाजिक संजालमा लेखेका छन्–‘अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको हत्या भएको छ । २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२र०८३ को बजेट–बक्तव्य ९बुँदा २२४० मार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै घाँटी छिनालेको छ ।’

    उनले यसको माग गर्ने गोरखा र धादिङका प्रभावित क्षेत्रका जनताप्रति सहानुभूति र ऐक्यबद्धता जनाउँदै अगाडि भनेका छन्, ‘यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग हार्दिक अपिल गर्दछु ।’ डा भट्टराईले वक्तव्यसँगै केही कागजातहरु समेत सार्वजनिक गरेका छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार