काठमाडौँ । पूर्व जानकारी बिना एक्कासि संसदीय समिति बैठकमा बोलाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आक्रोश व्यक्त गरेका छन् । आज आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोलाइएका मन्त्री श्रेष्ठले बैठकमा बोलाउनु पूर्व जानकारी गराउन आग्रह गरे ।
उक्त बैठकमा उनले भने– ‘आजको एजेन्डा के हो मलाई थाहा छैन । अर्को गम्भीर काममा हुन्छ गृहमन्त्री, यस्तो बेलामा उहाँ सभापति (रामहरि खतिवडा) ले समितिमा गृहमन्त्री भएन भने बैठक नै चल्न दिन्न भन्ने कुरा आयो भनेर खबर गर्नुभयो । हार्दिकतापूर्वक सदासहायता देखाएर मात्र म बैठकमा आएको हुँ ।’
श्रेष्ठले आफूले संसद्लाई र संसदीय समितिलाई सम्मान गर्ने बताउँदै कुनै काम कुरा गर्दा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिमा चल्नुपर्ने बताए । उनले पूर्व जानकारीबिना एक्कासि बैठकमा आइहाल्नुपर्यो भनेर बोलाउन मिल्छ र भन्दै प्रश्न गरे ।
उनले भने– ‘सबै लोकतान्त्रिक विधि पद्धतिमा चल्नुपर्यो । गृहमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिदिनुस् न समितिमा म आइहाल्छु नि । लोकतन्त्रको कुनै एउटा मूल्य मान्यता त हुन्छ नि । मन्त्री भएको कारणले उठ्, आइज, तँ कहाँ छस् भन्नु हुन्छ र ? मेरो सविनय निवेदन छ ।’
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend