Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अखण्ड भारतको नक्साले नेपाल-भारत कूटनीतिक समस्या हुनसक्छ : डा. भट्टराई


    मंगलबार, जेष्ठ १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्ता घटकका नेता डा. बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको नक्साले नेपाल र भारतबीच कूटनीतिक समस्या हुन सक्ने बताएका छन् । आज बिहान आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका हुन् ।

    नेपाल लगायतका छिमेकीहरुसँगको सम्बन्धमा नयाँ नक्साले थप अविश्वास ल्याउने उनको भनाइ छ । नेपाल र भारतका प्रधानमन्त्रीको ट्विट ह्यान्डललाई मेन्सन गर्दै भट्टराईले भारतले नयाँ अखण्ड भारतको नक्साको उदेश्य बारेमा बेलैमा सञ्चार गर्न आग्रह गरेका छन् ।

    ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ,’ उनले ट्वीटरमा लेखेका छन्,

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार